उद्यमशीलता बढाउन पाँच उद्यम सूत्र

उद्यमशीलता बढाउन पाँच उद्यम सूत्र

काठमाडौंः उद्यमी बनाउन र उद्यमशीलता विकास गर्न के गर्नुपर्छ ? कम्तीमा पाँच पूर्वाधार हुनुपर्छ । सोमबार इजरायलका प्राध्यापक डान सेख्तम्यानले ती पाँच पूर्वाधार बताएः  सबैलाई गुणस्तरीय आधारभूत शिक्षा, गुणस्तरीय इन्जिनियरिङ र विज्ञान शिक्षा, सरकारी नीति र सहयोग, खुला बजार अर्थनीति र भ्रष्टाचार उन्मूलन ।

इजरायल इन्स्टिच्युट अफ टेक्नोलोजी- टेक्नीओनमा मटेरियल साइन्सका प्राध्यापक रहेका नोबल पुरस्कार विजेता सेख्तम्यान सोमबार काठमाडौंमा ‘टेक्नोलोजिकल इन्ट्रपेनरसिप- कि टु वल्र्ड पिस एन्ड प्रसपेरिटी' (प्राविधिक उद्यमशीलता- विश्व शान्ति र समृृद्धिको साँचो) विषयमा प्रवचन दिँदै थिए ।

१३ औं अन्तर्राष्ट्रिय कन्फेरेन्स अन क्यासिक्रिस्टलका अवसरमा प्रवचन दिँदै उनले उपरोक्त पूर्वाधारका साथसाथै उद्यमसम्बन्धी ज्ञान र सीपको विकास पनि आवश्यक हुने धारणा राखे । इन्जिनियर, वैज्ञानिक र कम्प्युटरका ज्ञाताहरूले यस्तो ज्ञान दिनसक्ने उनले बताए ।

इजरायलमा हाइस्कुलमै युवाहरूलाई नयाँनयाँ खोज गर्न र उद्यमशीलताको विकास गर्न सिकाइने तथा इन्जिनियर र वैज्ञानिकहरूलाई विश्वविद्यालयमा उद्यमशीलताबारे ज्ञान दिइने जानकारी दिँदै उनले नवीन सोचाइका लागि प्रेरणा दिए मात्रै उद्यमशीलता विकास हुने उल्लेख गरे ।

नवीन सोचाइका लागि स्वतन्त्रता आवश्यक हुने उनको जिकिर थियो । सेख्तम्यानले भने, ‘नवीन विचारले फरक तरिकाले सोच्ने र आफ्ना विचार निर्भीकतापूर्वक राख्न पाउने स्वतन्त्रता खोज्छ ।' उनका अनुसार स्वतन्त्रता सुनिश्चित हुन प्रजातान्त्रिक राज्य, सामाजिक समानता, आधिकारिकता नखोजिने परिस्थिति र गल्ती भए होस् भन्ने भयविहीन वातावरण हुनुपर्छ ।

निकै उत्साहका साथ एक घन्टाभन्दा बढी प्रवचन दिएका ७५ वर्षीय प्राध्यापक सेख्तम्यानले आधारभूत तहमै विज्ञान शिक्षा दिएमा मात्र उद्यमशीलतामा वृद्धि हुनसक्ने बताए । उनले राज्यले पुँजी लगानीमा साझेदारी गरेर नवउद्यमीहरूलाई सघाउनुपर्ने धारणा राखे ।

यी हुन ५ सूत्र
गुणस्तरीय आधारभूत शिक्षा
गुणस्तरीय विज्ञान शिक्षा
सरकारी नीति र सहयोग
खुला बजार अर्थनीति
भ्रष्टाचार उन्मूलन

इजरायलमा कुल गार्हस्थ उत्पादनको चारदेखि पाँच प्रतिशत नयाँ उद्यमीलाई प्रवद्र्धन गर्न खर्च गरिने उल्लेख गर्दै उनले नयाँ उद्यमीहरूको विकास र प्रवद्र्धनका लागि सल्लाह र सुझाव दिने केन्द्रहरू स्थापना गरिनुपर्ने बताए । इजरायलमा हरेक मन्त्रालयमा विशेषज्ञ वैज्ञानिकहरूको बेग्लै कार्यालय रहने जानकारी उनले दिए । नेपालजस्तो देशले उद्यम विकास हुने खालको शिक्षा प्रदान गरेरै उद्यमशीलता वृद्धि गर्नसक्ने सेख्तम्यानको धारणा थियो ।

नेपालका लागि इजरायली राजदूत यारोन मेयरले नेपालजस्तो देशले अन्य देशको अनुभवबाट शिक्षा लिन सक्ने भए पनि दुरुस्तै नक्कल नगर्दा राम्रो हुने धारणा राखे । नेपालको भविष्य राम्रो भएको चर्चा गर्दै उनले नयाँ संविधान घोषणा भएको वर्षगाँठमा नेपालीलाई शुभकामना पनि दिए ।

कार्यक्रममा पूर्वविज्ञान तथा वातावरणमन्त्री गणेश साह, पूर्वमन्त्री हिसिला यमीलगायतको पनि सहभागिता थियो । पूर्वमन्त्री यमीले फ्लोरबाट बोल्दै विशुद्ध विज्ञानको बाहेक फरक क्षेत्रबारे गज्जबको प्रवचन दिएको भन्दै प्राध्यापक सेख्तम्यानको प्रशंसा गरिन् ।

उनलाई धन्यवाद दिँदै सेख्तम्यानले भने, ‘विशुद्ध विज्ञानको प्रवचन सुन्न विश्वविद्यालयमा आउनुहोला ।' प्राध्यापक सेख्तम्यानले क्वासिक्रिस्टलको खोजमा नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.