गुठीको आम्दानी व्यक्तिगत प्रयोग

गुठीको आम्दानी व्यक्तिगत प्रयोग

खाँदबारीः खाँदबारी ११, १२, १३ र चैनपुर १७ मा रहेको श्री सिंहेश्वरी महादेव राजगुठीको वार्षिक एक करोडभन्दा बढी आम्दानी बर्सौंदेखि निजी काममा प्रयोग हुँदै आएको छ । एक हजार छ सय ६५ रोपनी जग्गाको आम्दानी गुठीको स्वमित्वमा नभई दशकौंअघिदेखि नियमविपरीत व्यक्तिले उपभोग गर्दै आएका छन् ।

१९६८ सालमा बखतबहादुर, जन्जसिंह र प्रतिमान कटुवालले स्थापना गरी दिएको श्री सिंहेश्वरी राज गुठीमा हुने आम्दानी गुठी मातहतमा नरही व्यक्तिकै पोल्टामा पुग्ने गरे पनि सरोकारवाला निकायले चासो नदेखाएको खाँदबारी तुम्लिङटारका पद्मकेशर कार्कीको आरोप छ ।

एक हजार छ सय ६५ रोपनी जग्गामा धान, मकै, कोदो, रुद्राक्ष र अन्य उत्पादन गरी वार्षिक एक करोड आम्दानी हुने स्थानीय नारायण कटुवालले बताए । नियमअनुसार यत्रो आम्दानीको केही अंश गुठीलाई कुत बुझाउँदा पनि गुठीको सम्पत्ति एक अर्बभन्दा बढी हुने थियो तर व्यक्तिले मात्र प्रयोग गर्दा गुठीको अवस्था नाजुक बनेको उनी बताउँछन् ।

यो आम्दानी गुठीकै मातहतमा रहनुपर्ने, आम्दानी र खर्च व्यवस्थापन गर्न गुठी संस्थानले चासो देखाउनुपर्ने उनको माग छ । पूजा गर्न र मन्दिर संरक्षण गर्न गुठी संस्थापकले महन्तका रूपमा पञ्चन गिरीलाई जिम्मा दिएदेखि नै गुठीमा कुत बुझाउन छाडेको स्थानीयको आरोप छ । राज्यको करोडौं सम्पत्ति यसरी हिनामिना भएको भन्दै राजनीतिक दल, नागरिक समाज र सरकारलाई गुठी बचाउन स्थानीयले आग्रहसमेत गरे । महन्तपछि दुई पुस्तासम्म गुठीको जग्गाको आम्दानी प्रयोग गर्दै आएको, गुठीलाई अद्यावधिक नगरी गुठीलाई मोहीले समेत केही नबुझाएको सञ्चालन समितिका सचिव कमल कटुवालले बताए ।

खाँदबारी १३ सभाखोला र अरुण नदीको दोभानमा मन्दिर जीर्ण छ । गुठी ऐनअनुसार महन्त पुजारीले मोही हुन नपाउने तर व्यावहारिक रूपमा रहे पनि कुत नबुझाएर एकलौटी व्यक्तिगत सम्पत्ति बनाएको सचिव कटुवालले बताए । ऐनअनुसार एक महिनाअघि गुठी संस्थानबाट मनोज कटुवालको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको जानकारी गराउँदै सामाजिक सम्पत्ति संरक्षणमा सबैले चासो र सहयोग गर्न उनले माग गरे ।

मोही हुँ भन्दै जग्गा अर्को मोहीलाई भोगचलन गर्न दिएर आम्दानी लिँदै आएको समितिका पदाधिकारी बताउँछन् । समिति मन्दिर संरक्षणमा लागिपरेको भन्दै नियमअनुसारको जग्गा छाड्न र कुत गुठीलाई बुझाउन निर्देशनसमेत गरेको सचिव कमलको भनाइ छ । १९६८ मा पूजा गरिरहेको ३५ रुपैयाँ गुठी संस्थानलाई बुझाउनुपर्ने नियम थियो ।

महन्तले पूजा गरेर मन्दिरको संरक्षण गर्न समितिले निर्देशनसमेत गरेको थियो । निर्देशन नमानी पूजा नगरेमा महन्त हुँ भन्नेले गुठी छाड्नुपर्ने समितिको भनाइ छ । महन्तका सन्तान मोही भएर खान नपाउने व्यवस्था छ ।

२०२१ सालमा ७ नम्बर फाँटबारी भरेर जग्गाको लगत एकिन गरिएको थियो । यस आधारमा नापी गरी गुठीकै नाममा पुर्जा दिनुपर्ने सरोकारवाला जीवनाथ खनालले बताए । २०५१ र ५२ सालको नापीले गुठीको जग्गा मोही उल्लेख गरेको तर नापीको फिल्ड बुकमा गुठी मोही उल्लेख भएको पाइएको छ । २०५२ मा भएको नापीमा मोही कायम भएको तर मन्दिरका नाममा लालपुर्जा दिएर मोही उल्लेख गर्न सकिने मालपोत कार्यालयका प्रमुख हरिबहादुर खत्रीले बताए । अधिकांश महन्तका सन्तानसहित ३९ परिवारले गुठीको जग्गा प्रयोग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.