बमको हल्लाले स्थानीयवासी त्रसित
ललितपुरः ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले स्थानीयवासीमा त्रास छाएको छ।
सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए।
बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ।