एक वर्षमा डेढ सयबढी जोडीको सम्बन्धविच्छेद
स्याङ्जा: स्याङ्जामा एक वर्षको अवधिमा एक सय ३१ जोडीको सम्बन्धविच्छेद भएको छ।
अार्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए।
सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ। अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ।