रेडबुल फुटसल लिग हुने

 रेडबुल फुटसल लिग हुने

काठमाडौः विश्व समुदायमाझ लोकप्रियता कमाउदै आएको फुटबल गेमले नेपाली समुदायलाई पनि आकर्षित बनाएको छ । नेपालमा पछिल्लो समयमा रेड बुलले धेरै प्रकारका फुटबल टुर्नामेन्टको आयोजना गरेको छ ।

जसमा रेडबुल सहिद स्मारक ए डिभिजन लिग, रेडबुल बुढा सुब्बा कप, राष्ट्रिय लिग र विभिन्न क्लबहरुबीच हुने प्रतिश्पर्धा अत्याधिक लोकप्रिय हुदै आईरहेको रेडबुलले जनाएको छ ।

विगतका केहि वर्ष देखि युवा माझ फस्टाएको फुटसलले अझ बढी लोकप्रियता कमाउन थालेको छ । ठूला ठूला फुटबल मैदानको अभाब भएको बेलामा सानो क्षेत्रमा खेल्न सकिने यो गेमले आम फुटबल पे्रमीलाई फुटबल खेल्न अझै प्रोत्सहान गरेको छ ।

फुटबललाई अझै उचाईमा पुर्‍याउन र आम खेलप्रेमीमाझ लोकप्रीय बनाउनका लागि रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा राष्ट्रिय स्तरको फुटसल टुर्नामेन्ट रेडबुल फुटसल लिगको आयोजना काठमाडौं उपत्यका भित्र हुन लागेको छ ।

यो टुर्नामेन्ट प्रतियोगिता फुटसल क्षेत्रको ठूलो टुर्नामेन्ट हो । यसमा १६ टिमले सहभागीता जनाउने छन् । टिमmलाई दुई भागमा विभाजन गरी खेलाईने आयोजकले जानकारी दिएको छ । हरेक टिममा १२ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर रहनेछन् । त्यस्तै हरेक टिमले होम एण्ड अवे फरम्याटमा १४ गेम खेल्ने छन् । जसमा आफ्नै कोर्टमा ७ गेम खेल्ने छन् भने बाहिर गएर ७ लिग गेम खेल्नेछन् ।

हरेक टिमले हरेक हप्ता २ गेम खेल्नेछन् भने टुर्नामेन्ट काठमाडौं, ललितपुर र भक्तपुरमा हुने छ ।  लिगमा बिजय टिमले १० लाख रुपैयाँको नगद उपाहार जत्ने छन् भने सर्वोउत्कृष्ट खेलाडी र सर्वोउत्कृष्ट गोलरक्षकले ५० हजार रुपैयाँ उपहार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुने टिममा आदर्श फुटसल, बानेश्वर रिक्रिस्नल सेन्टर, बीजी बर्दर्स, चउर रिक्रिस्नल सेन्टर, ढुकु फुटसल हव, हरिसिद्धि फुटसल, हाइ वे फुटसल, इम्पेरियल फुटसल, किक अफ फुटसल, किर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुशी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइट हर्स फुटसल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.