स्लिपवेल म्याट्रेसको नयाँ योजना
काठमाडौः म्याट्रेस कम्पनी स्लिपवेलले नयाँ योजना सार्वजनिक गरेको छ । उपभोक्ताको प्राथमिकताअनुसार कम्पनीले हालै अत्याधुनिक प्रविधिमा उत्पादित माई म्याट्रेस सिरिज बजारमा ल्याएको छ ।
यस सिरिजका उत्पादन उपभोक्ताको चाहना र बजेटअनुसारको कडापन, रङ र मूल्यमा उपलब्ध छन् । माई म्याट्रेस सिरिज प्रविधि र आरामदायिताको समि श्रण रहेको कम्पनीले जनाएको छ ।
योजनाअनुसार स्लिपवेलका तोकिएका म्याट्रेस खरिदमा एउटा तकिया सित्तैमा पाइने कम्पनीका भाइस प्रेसिडेन्ट वसन्त सिंघलले बताएका छन् । उनका अनुसार यो उपहार कार्यक्रम असोज २ देखि कात्तिक १७ गतेसम्म लागू गरिएको छ ।
चार दशकदेखि उपभोक्ताले गरेको विश्वासको नतिजा कम्पनीको सफलता भएको कम्पनीका स्थानीय प्रतिनिधि आरएस इन्टरप्राईजेजका सपन कनोडियाले बताए ।