डमरु एड नेटवर्कको सुरुवात
काठमाडौः नेपालकै पहिलो डिजिटल एड नेटवर्क ‘डमरु’ लन्च भएको छ । अन्तर्राष्ट्रिय विशेषज्ञ टिमद्वारा नेपाली बजारलाई ध्यान दिई तयार गरिएको उक्त नेटवर्कले नेपालका वेब प्रकाशक र विज्ञापनदातालाई अनलाइन विज्ञापन गर्न लोकल प्लेटफर्म प्रदान गर्ने कम्पनीले जनाएको छ ।
इच्छुकले आफ्नो एड स्पेस प्रदान गरी आम्दानी गर्न सक्छन् । उक्त स्पेस कम्पनीले विज्ञापनदातालाई बिक्री गर्छ, जुन प्रकाशकको साइटमा नेटवर्क सर्भर कोडद्वारा वितरित गरिने कम्पनीले जनाएको छ ।
यसको माध्यमबाट कतिजनाले एड हेरे भनेर ट्रयाक समेत राख्न सकिन्छ, जसले गर्दा आफ्नो एड र त्यसको प्रभावकारिता समेत थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।