प्रधानमन्त्रीको भारत भ्रमणबारे माओवादी नेताको मिश्रित प्रतिक्रिया

प्रधानमन्त्रीको भारत भ्रमणबारे माओवादी नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँः नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । केही नेताले दुई देशो संयुक्त वक्तव्यका केही बुँदा विवादास्पद भएको भन्दै आलोचना गरेपनि भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा मंगलबार बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यले आआफ्नो धारणा राखेका थिए ।

प्रवक्ता भुसालले भनिन्, ‘हिजो प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो, त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।’

भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता भुसालले जिकिर गरिन् । केन्द्रीय कार्यालयको अर्को बैठक बुधबार बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.