‘संविधान संशोधन नभए सशक्त आन्दोलन’

‘संविधान संशोधन नभए सशक्त आन्दोलन’

सोलुः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधनको प्रक्रिया अघि नबढाए फेरि आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

उनले संविधानलाई प्वालै प्वाल भएको च्यादरको संज्ञा समेत दिए। मंगलबार सोलुखुम्बुमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भने,‘संविधानमा परेका प्वाल टाल्न ठूला दल सहमत नभए आन्दोलन चर्काउँछौ।’

उनले सरकारले संविधान संशोधनको प्रक्रिया सुरु नगर्नुले मधेसी मोर्चासँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताए। संशोधनको काम ढिला भएपनि आशा बाँकी नै रहेको उनको भनाइ छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनका माग संविधान संशोधनको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाएकाले सरकार बाहिरै बसेरपनि समर्थन जनाएको स्पष्ट पारे। उनले संविधान संशोधनका लागि एमाले सहमत नभए उसकै कारण मुलुक द्वन्द्वमा धकेलिने आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.