कर्नेल लामा बेलायतबाट स्वदेश फर्किए

कर्नेल लामा बेलायतबाट स्वदेश फर्किए

काठमाडौं: झण्डै चार वर्षदेखि युद्ध अपराध सम्वन्धी मुद्धा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती अदालतले निर्दोष सावीत गरे पछि नेपाल फर्किएका छन् ।

लामालाई मंगलबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा परिवार र शुभचिन्तकले स्वागत गरेका छन् । बेलायतको क्राउन प्रोसिक्युसन सर्भिसले दोषी ठहर गर्ने पर्याप्त आधार नभएको भन्दै महासेनानी लामालाई सफाइ दिने निर्णय लिएको थियो ।

सैनिक प्रवक्ता ताराबहादुर कार्कीले महासेनानी लामा मंगलबार स्वदेश फर्किएको बताए । लामाले दश लाख पाउण्ड रकम खर्च गरी अहिलेसम्म कानुनी लडाइँ लडेका थिए ।

बेलायतको ओल्ड बेलीमा न्यायाधीश स्विनीको इजलासले गत भदौ २० गते लामालाई निर्दोश ठहर्याएको थियो । दक्षिणी सुडानस्थित राष्ट्रसंघीय  शान्ति मिसनका कार्यरत रहेका बेला पत्नीलाई भेटन बेलायत गएका लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मानव अधिकारवादी संस्था एडभोकेसी फोरमले झण्डै ११ वर्ष अघि कपिलवस्तुको गोरुसिंङेमा रहेको सैनिक शिवरमा रहेका बन्दीद्धय करम हुसेन र जनक रावतलाई चरम यातना दिएको अभियोगमा लामाविरुद्ध मुद्धा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.