मापसे गरेर कार्यालय अाएका सचिव समातिए

मापसे गरेर कार्यालय अाएका सचिव समातिए

सुरुङ्गा: मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

मादकपदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाएका थिए। दिनहुँजसो कार्यालय समयभन्दा ढिलो गरी अफिस आउने, मादकपदार्थ सेवन गरेर अफिसमा होहल्ला गर्ने र निर्धारत पोसाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताए।

पक्राउ परेका सचिव मंगलबार मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै हाफपाइन्टमा अफिस आएका थिए। अफिस आएलगत्तै उनलाई स्थानीय विकास अधिकारी आफैँले प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.