उत्तर कोरियाले अमेरिकातर्फ शक्तिशाली रकेट परीक्षण गर्‍यो

 उत्तर कोरियाले अमेरिकातर्फ शक्तिशाली रकेट परीक्षण गर्‍यो

सोलः उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको छ ।

संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरिया सरकारले सञ्चालन गरेको समाचार समिति केसीएनएले लेखेको छ, ‘पूर्वी अमेरिकातर्फको दूरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउदै छ ।’

स्याटलाइट प्रक्षेपणका लागि उत्तरकोरियाले स्थानीय समयअनुसार बिहान रकेट मेसिनको सफल परीक्षण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

जमिनको सतहमा गरिएको रकेट मेसिनको सफल परीक्षणपछि नेता किम जोन उनले स्याटलाइट प्रक्षेपणका लागि शीघ्र तयारी गर्न वैज्ञानिक र इन्जिनियरलाई निर्देशन दिएका हुन् ।

पछिल्लो एक वर्षमा उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणको एक अंशका रुपमा रकेट मेसिनको परीक्षणलाई लिइएको छ ।

उत्तर कोरियाले टाढासम्म हान्न सकिने यन्त्र ‘मिसाइल’ लामो समयदेखि देशभित्रै नियमितरुपमा परीक्षण गर्दै आइरहेको छ ।

उत्तर कोरियाले निरन्तर गरिरहेको न्युक्लियर प्रक्षेपणका सम्बन्धमा चीन र अमेरिकाले संयुक्त राष्ट्र«सङ्घको बैठकमा कुरा उठाउने बताइरहेका बेला अर्को रकेट मेसिन परीक्षण गरेको हो ।एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.