रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

 रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

काठमाडौंः २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह ‘ऐना’ले पाउने भएका छ । मदन पुरस्कार गुठीले जोशीको कथा संग्रह ‘ऐना’लाई २०७२ सालको मदन पुरस्कार दिने निर्णय गरेको हो।

मदन पुरस्कार गुठीको मंगलबार बसेको सधारण सभा बैठले गरेको निर्णय सार्वजनिक गर्दै गुठीका कार्यालय सचिव गजेन्द्रनाथ रेग्मीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७२ सालमा प्रकाशित पुस्तकमध्येबाट रामलाल जोशीद्वारा लिखित ‘एना’ पुस्तकलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गर्यो ।’

यसैगरी जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई दिइने भएको छ।  गुठीले ६० वर्ष भन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित क्षेत्रीलाई जगदम्बा श्री दिने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लीलबहादुर क्षेत्रीलाई २०७२ सालको जगदम्बा–श्री अर्पण गर्ने निर्णय भएको छ ।’ सन् १९३२ मा असम गुवाहाटीमा जन्मिएका क्षेत्रीको पहिलो रचना सन् १९४९ मा प्रकाशित थियो । क्षेत्री चर्चित उपन्यास बसाइँले चर्चित छन् ।

यसअघि गुठीले सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे भुवनहरि सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम खड्काको निर्वाण र  दामोदर पुडासैनी ‘किशोर’को ‘सीमानाका  रङ्ग सिमानाका तरङ्ग’लाई मदन पुरस्कारका लागि छनोटको सूचीमा राखेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.