इन्धनसम्बन्धी वार्ता गर्न नेपाली टोली भारतमा

इन्धनसम्बन्धी वार्ता गर्न नेपाली टोली भारतमा

काठमाडौंः इन्धन आपूर्तिसम्बन्धी वार्ता गर्न नेपाली टोली भारतको मुम्बई गएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगम (एनओसी) बीच भएको इन्धन आयातसम्बन्धी सम्झौता नवीकरण गर्न नेपाली टोली भारत गएको हो ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा निमित्त उपप्रबन्धक निर्देशक नागेन्द्र साह, निमित्त निर्देशक दीपक बराल, प्रवक्ता भानु खनाल, निमित्त निर्देशक सीताराम पोखरेल र करुणा क्षेत्रीसहित ६ सदस्यीय टोली वार्ताका लागि मंगलबार भारतको मुम्बइ गएको छ ।

इन्धन खरिद र आयातसम्बन्धी आईओसी र एनओसीबीच भएको द्विपक्षीय सम्झौता आगामी मार्च २०१७ मा सकिँदैछ । सम्झौता नवीकरण गर्ने विषयमा विस्तृत छलफल गर्न नेपाली टोली भारत पुगेको हो ।

‘द्विपक्षीय सम्झौता आगामी मार्चमा सकिनै लागेकाले नयाँ कार्ययोजनासहित नवीकरण गर्ने उद्देश्यले नेपाली टोली भारत जान लागेको हो-, भारत प्रस्थान गर्नुअघि निगमका प्रवक्ता खनालले अन्नपूर्णसँग भने, ‘यसपटक हामी केही नयाँ कार्ययोजनाका विषयमा पनि छलफल गरी अघि बढ्छौं ।' निगमका अनुसार द्विपक्षीय छलफलका आधारमा आगामी पाँच वर्षका लागि सम्झौता नवीकरण गरिनेछ । आईओसी र एनओसीबीच इन्धन व्यापारसम्बन्धी प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्ने व्यवस्था छ ।

निगम स्रोतका अनुसार नाकाबन्दीको समयमा नेपाली पक्षले नियमितरूपमा रकम भुक्तान गरे पनि आईओसीले एकपक्षीय रूपमा इन्धन आपूर्तिमा रोक लगाएको मुद्दालाई छलफलमा उठाउने तयारी गरिएको छ ।


‘सम्झौताविपरीत आईओसीले इन्धन आपूर्तिमा गरेको अवरोधका कारण हामी आर्थिक र समाजिक रूपमा ठूलो क्षति व्यहोर्न बाध्य छौं-, खनालले भने, ‘त्यसको क्षतिपूर्ति निगमले पाउनुपर्छ भन्ने पनि हाम्रो मुख्य मुद्दा र प्रस्ताव हो ।'

टाढाको डिपोबाट इन्धन आपूर्ति गर्दा निकै लामो समय खर्चिनुपर्ने र ढुवानी खर्च पनि बढी व्यहोर्नुपर्ने भएकाले नेपाली सीमा नजिकको भारतीय डिपोको मौज्दात वृद्धि गरी सोही स्थानबाट इन्धन आपूर्ति गर्ने विषयमा पनि छलफल हुनेछ । निगमले भारतको रक्सौल डिपो सबैभन्दा नजिक पर्ने भएकाले सोही डिपोको मौज्दात वृद्धि गरी आपूर्ति व्यवस्था मिलाउन आईओसीसँग छलफल गर्ने तयारी गरेको छ ।

इन्धन खरिद र आयातसम्बन्धी आईओसी र एनओसीबीच भएको द्विपक्षीय सम्झौता आगामी मार्च २०१७ मा सकिदैँछ । 


निगमका अनुसार नेपालले लखनउबाट नेपालगन्ज हुँदै नेपालमा हवाई इन्धन भित्र्याउने तयारी गरिएको छ । यो विषयमा पनि आवश्यक छलफल हुनेछ । आईओसीले अहिले लखनउमा हवाई इन्धनको डिपो निर्माण गरी संकलन गर्ने काम सुरु गरिसकेको छ । द्विपक्षीय छलफलका क्रममा निगमले पाइपलाइन निर्माणमा प्रयोग हुने पाइपको मोटाइ (व्यास) परिमाणमा वृद्धि गर्ने प्रमुख एजेन्डामा राखेको छ ।

इन्धन खपत वार्षिक करिब १४ प्रतिशतले वृद्धि हुँदै गएकाले पाइपलाइनसम्बन्धी सम्झौताअनुसार १० इन्च मोटाइको स्थानमा १२ इन्च व्यास भएको पाइप ओछ्याउनुपर्ने नेपाली पक्षले तयारी गरेको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.