आपत्तिजनक भेटघाट

आपत्तिजनक भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको भारत यात्राले निकै चर्चा पाएको छ र केही हदसम्म विवाद बढाएको पनि छ । एक अर्थमा त्यसमा असामान्यताको अंश केही बढी भए पनि पूर्वका यस्ता भ्रमणहरू सायदै विवादरहित रहेका छन् । सधैं झैं यो भ्रमणमा पनि सुरक्षा विषयमा उच्चतम तहमा चिन्ता र चासो व्यक्त गरिए र एकअर्काको भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने वचनबद्धता पनि प्रकट गरियो ।

नेपालविरुद्ध हतियार उठाउने र विखण्डनको राजनीति सञ्चालन गर्ने अनेक समूहले विभिन्न चरणमा भारतमा आ श्रय पाउँदै आएका छन् । भारतीय सुरक्षा अवधारणामा नेपाली भूमि भारतीय जाली नोट कारोबारी तथा तस्करले प्रयोग गर्ने गरेको मान्यताले प्राथमिकता पाउँदै आएको छ । यसपटकको यात्रामा प्रधानमन्त्री दाहालले टीकापुर प्रहरी हत्याकाण्डका नायकका रूपमा चिनिएका रेशम चौधरीसँग भेटघाट गरेको तथ्यले बढी आशंका उत्पन्न गरेको छ भारतप्रति ।

उच्च सुरक्षा सर्तकता र भारतीय सुरक्षा अधिकारीहरूको कडा निगरानीमा रहेको प्यालेस होटेलमा चौधरीले प्रधानमन्त्री दाहालसँग भेटे । प्रधानमन्त्रीले सम्भवतः उनलाई नचिनेका हुन सक्छन्, तर नेपाल सरकारको सर्वाधिक 'वान्टेड' सूचीमा रहेका र 'रेड कर्नर' सूचना जारी गरिएका व्यक्तिको भारतीय सुरक्षा अधिकारीहरूले पहरा दिएको ठाउँमा उपस्थितिले भारतलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ, दुईपक्षीय समझदारीका सन्दर्भमा ।

नेपाली सुरक्षा निकायहरूसँग परामर्श नगरी उपप्रधान तथा गृहमन्त्रीले टीकापुर घटनाका अभियुक्तविरुद्धको मुद्दा फिर्ता घोषणा गर्नु र लगत्तै चौधरीको दिल्लीमा उच्च सुरक्षाबीचको सभास्थलमा प्रधानमन्त्रीसमक्ष उपस्थितिलाई संयोग मात्र भन्न सकिन्न । के भारत अर्को मध्यस्थतामार्फत नेपालमा राजनीति र आपराधिक गतिविधिबीचको सीमा रेखालाई भेट्न चाहन्छ ?

प्रधानमन्त्री दाहाल स्वयंले पनि यो भेटघाटको पृष्ठभूमि र मनसायबारे नेपाली जनतालाई जानकारी दिनु आवश्यक छ । अहिले अभूतपूर्व रूपमा भारत आफैँ आक्रान्त छ । उग्रवादमा आधारित राजनीतिबाट खासगरी कश्मीरमा यद्यपि त्यसका राजनीतिक पक्ष पनि छन् ।

त्यस्तो अवस्थामा हत्या र हिंसामा उत्रिएका या निर्देशित गरेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन प्रोत्साहित गर्नुको साटो 'सम्मानजनक राजनीतिक आवरण' दिलाई प्रधानमन्त्री दाहालसँग भेटघाटको तारतम्य मिलाउँदा दुईपक्षीय सम्बन्धमा थप असहजता आउनेछन् । त्यसले थप जटिलता तथा अन्तर्राष्ट्रिय आयाम पनि पाउनेछ किनकि भारत-पाकिस्तान आरोप-प्रत्यारोपको पृष्ठभूमिमा यस क्षेत्रका सबै मुलुकको हिंसात्मक र उग्रवादमा आधारित राजनीतिलाई विश्वले नियालिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.