अनुगमन फितलो हुँदा सहकारीमा समस्या बढ्दै

 अनुगमन फितलो हुँदा सहकारीमा समस्या बढ्दै

काठमाडौंः कमजोर कानुन र फितलो नियमनका कारण सहकारी अनुगमन औपचारिकतामा मात्र सीमित भएको छ । सहकारीका विकृति, विसंगति न्यूनीकरण गर्न नियमक निकाय प्रभावकारी हुन सकेको छैन ।

सहकारी विभागले पाँच करोडसम्म कारोबार गर्ने सहकारीको सघन अनुगमन गर्दै आएको छ । विभागले गत आर्थिक वर्षमा दुई हजार ७८ वटा सघन अनुगमन गरेको थियो । यस्तै विभाग अन्र्तगतका ३८ वटा डिभिजन सहकारी कार्यालयबाट पाँच हजार पाँच सय ५० वटा सहकारीको सामान्य अनुगमन भएका थियो । तर, अनुगमनले सहकारीमा कुनै सुधार आउन नसकेको हो ।

विभागका उपरजिस्ट्रार उपेन्द्र ढुंगानाले सहकारी सुधारका लागि निर्देशन दिए पनि अधिकांश सहकारीले निर्देशन नमान्ने गरेको बताए । ‘सहकारीलाई हामीले दिएको निर्देशन मान्ने वाध्यकारी व्यवस्था छैन्-, उनले भने ।

लामो समयदेखि सहकारीका समस्या यथावत छन् । ओरियन्टल लगायत एक सय ३५ वटा सहकारीले ११ हजार निक्षेपकर्ताको झन्डै ११ अर्ब निक्षेप फिर्ता गर्न सकेका छैनन् । यस्तै अन्य सहकारीमा पनि समस्या बढीरहेको अनुगमनले पनि देखाउँछ ।

स्रोत, साधन र दक्ष जनशक्तिको अभावले गर्दा प्रभावकारी अनुगमन हुन नसकेको सहकारी विभागका अधिकारी स्वीकार गर्छन् । सञ्चालकले सर्वसाधारणको पैसा मनोमानी ढंगले चलाउने गरेको अनुगमनका क्रममा भेटिएको छ ।

चार्टर्ड एकाउन्टेन्टले बनाएको विवरण सहकारी कार्यालयका सुब्बासरहका निरीक्षक र खरिदारसरहका सहायक निरीक्षकले विश्लेषण गर्न समस्या परेको विभागका अधिकारीहरू बताउँछन् । उपरजिस्ट्रार ढुंगानाले सहकारीमा खराब कर्जा मुख्य समस्याको जड रहेको बताए । ‘खराब कर्जाकै कारण सहकारी समस्यामा परेको देखिएको छ-, उनले भने,‘अनुगमनपश्चात विभागमै बोलाएर छलफल गर्छौ ।' कतिपय अवस्थामा फलोअपमा जादाँ पुरानै समस्या यथावत रहेको पनि उनले जानकारी दिए ।

सहकारीमा घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको, बिनाधितो ऋण दिने गरेको, सञ्चालकले आफूखुसी सर्वसाधारणको पैसा चलाउने गरेका छन् । यस्तै कार्यक्षेत्र बाहिर गएर कारोबार गर्ने, गैर सदस्य कारोबार, कागजात लुकाएर भए पनि संस्था राम्रो देखाउने प्रवृति रहेको अनुगमन अधिकारी बताउँछन् । ‘केही सहकारीले त अनुगमन गर्न नै दिँदैनन्, अनेक बहाना बनाएर फार्काउनेसमेत गरेका छन्-, एक अधिकारीले भने ।

सहकारीमा गलत मानिसको प्रवेशले सहकारीले दिनप्रतिदिन बदनामी कमाउँदै गएको छ । विभागले सघन अनुगमन गरेका मध्ये करिब ७५ प्रतिशत सहकारी काठमाडौंमै छन् । विभागका अधिकारी अन्य जिल्लामा भन्दा काठमाडौंमा बढी समस्या रहेको बताउँछन् ।

ओरियन्टल लगायत एक सय ३५ वटा सहकारीले ११ हजार निक्षेपकर्ताको झन्डै ११ अर्ब निक्षेप फिर्ता गर्न सकेका छैनन् ।

सहकारी विभागले बचत तथा ऋण सहकारीबाट मासिक विवरण लिन थाले पनि सहकारीका विवरण व्यवस्थित हुन सकेको छैनन् । सहकारीको कारोबार पारदर्शी बनाउन र त्यसैका आधारमा अनुगमन गर्न भन्दै विभागले मासिकरूपमा विवरण पेस गर्न निर्देशन दिएको थियो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह-सचिव काशिनाथ मरासिनीले सहकारी ऐनमा नियमनको स्पष्ट व्यवस्था नहुँदा निर्देशन दिन र कार्यान्वयन गराउन समस्या परेको बताए । ‘अब बन्ने सहकारी ऐनमा अनुगमनमा भेटिएको कैफियत कार्यान्वयन गराउन वाध्यकारी व्यवस्था गर्न खोज्दै छौं-,

उनले भने, ‘अर्ति उपदेश कोही टेर्दैनन्, कानुनले सहयोग गर्न आवश्यक छ ।' सहकारीको प्रस्तावित ऐनमा अनुगमनका विषयलाई विशेष जोड दिइएको छ । ऐन पारित भएपश्चात नियमन प्रभावकारी हुन सक्ने उनले विश्वास व्यक्त गरे ।

विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले सहकारीको अनुगमन प्रभावकारी बनाउन राष्ट्र बैंकका कर्मचारीको सहयोगमा नियमन गरिँदै आएको बताए । विभाग मातहतका कर्मचारी दक्ष र क्षमतावान नभएका कारण सरकारले ठूला सहकारीको अनुगमन राष्ट्र बैंकको प्रत्यक्ष सहयोगमा गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.