नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा अर्याल
काठमाडौः नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन् । गत पुस १४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्यरत अर्याललाई बैंकको व्यवस्थापन समितिले यही असोजदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २६ वर्ष अगाडि तत्कालीन नेपाल ग्रिन्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ पेसा प्रारम्भ गरेका अर्यालले २०५३ माघदेखि एनसीसी बैंकमा प्रवेश गरेका थिए ।