बाैलाहा कुकुरले टोकेर दुईको मृत्यु, १५ घाइते

बाैलाहा कुकुरले टोकेर दुईको मृत्यु, १५ घाइते

लिबाङः बौलाहा कुकुरले टोकेर पूर्वी रोल्पामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिर्प ५ सिमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीया हीराबहादुर पुनमगर छन् ।

सोही गाउँका श्यामे पुनमगरको घरपालुवा कुकुर बहुलाएरपछि भदौ ९ गते गाउँलेलाई टोकेको थियो । स्थानीय नेमबहादुर खड्काअनुसार एकै दिन गाउँका ६ जना महिलासहित ११ पुरुष र ६ वटा चौपायालाई टोकेको थियो । बहुला कुकुरले टोकेपछि घाइते केहीले सुलीचौर रुइनिबाङस्थित नेसनल मेडिकलमा रेबिजविरुद्ध सुई लगाएका थिए ।

बहुला कुकुरलाई गाउँलेले तत्कालै मारेका थिए । घटनाबारे प्रहरीलाई जानकारी नगराएका गाउँलेले कुकुरधनीले नै घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेका थिए । सुई लगाए पनि घाइतेको मृत्यु हुन थालेपछि गाउँले त्रसित भएका छन् । करेको मंगलबार घरमै मृत्यु भएको हो ।

घाँटीमा टोकेर घाइते भएका हीराको असोज २ गते उपचारका लागि वुटवल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । स्तनमा टोकेर घाइते भएकी सोबी घर्ती बिरामी छिन् । गाउँलेका अनुसार कुकुरले टोकेका २ वटा गाई र २ वटा बाख्रा मरेका छन् । घाइते दुईवटा बाख्रा पनि मर्ने अवस्थामा छन् ।

बहुला कुकुरले टोकेकाहरूको मृत्यु हुन थालेपछि गाउँलेले ४५ वटा कुकुर मारेका छन् । सर्वपक्षीय भेला गरी सबैले घरमा पालिएका कुकुर मार्ने निर्णयसमेत गरेका छन् ।

घाइतेको मृत्यु हुन थालेपछि गाउँलेले जिल्ला अस्पताल रेउघा र प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरका स्वास्थ्यकर्मीलाई जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव मोटिम आलमका अनुसार घाइतेलाई री भ्याक्सिनका लागि बुधबार सुलीचौर बोलाइएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख डा. भवानी शर्माले भ्याक्सिन सुलीचौर पठाउने र आपूm पनि जाने तयारी गरेको बताए । मेडिकल अफिसर डा.तेजेन्द्र साउदको नेतृत्वमा स्थास्थ्यकर्मीको टोली सुलीचौर पठाउने उनले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरका इन्चार्ज डा. मिलन बज्राचार्यका अनुसार बहुला कुकुरले टोकेको अवस्था हेरेर रेबिजविरुद्धको भ्याक्सिन सँगसँगै एन्टिबायोटिकसमेत दिनुपर्छ । जिल्ला अस्पतालमा यो सेवा भए पनि सुलीचौरमा छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.