कारको ठक्करपछि आकासतिर उडेका पैदलयात्री छतमा बजारिए

कारको ठक्करपछि आकासतिर उडेका पैदलयात्री छतमा बजारिए

भारत हैदरावादको बैंगलुरु नेशनल हाइवेमा कारले एक पैदल यात्रीलाई ठक्कर दियो । कारको ठक्करले पैदल यात्रीको मृत्यु भयो । कारले यदि जोडले पैदलयात्रीलाई ठक्कर दियो कि बाटोमा हिँडिरहेका यात्रु हावामा उडेर कारको छतमा पुगे ।

तर, चालकले यसको कुनै परबाह नगरी कारलाई तीब्र गतिमा गुडाइरहे । उनले मृतवको शवलाई कारको छतमा राखेर झन्डै तीन किलोमिटर गाडी गुडाए ।

हाईवे प्रहरी तथा स्थानीयले घेरा हालेर कारलाई त रोके तर चालक फरार भए ।

प्रहरीले पक्राउ गरेको दुर्घटनाग्रस्त कार 

प्रहरीका अनुसार दुर्घटनामा परेको कार हैदराबादको कुलकाठपल्लीस्थित बायोमेट्रिक इक्विपमेन्ट मेन्युफैक्चरिङ युनिटका मालिकको हो । उनको नाम राम राजशेखर बताइएको छ । प्रहरीले अहिले कारमा राम राजशेखर नै सवार थिए या अरु कोही भन्ने खुलेको छैन ।

दुर्घटना सोमबार राति करिब १० बजेको समयमा भएको थियो । निम्मागाड्डबावी गाउँका स्थानीयबासी ३५ वर्षका श्रीनिवासुलु बस स्टपमा जानका लागि बाटो क्रम गरिरहेका बेला तीब्र गतिमा रहेको कारले ठक्कर दिएको थियो ।

कुर्नूलबाट आउँदै गरेको एपी २८ सीके ८४७७ नम्बरको कारले श्रीनिबासुलुलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो । चालकले दुर्घटना गराएपछि सवारी रोक्नुको साटो तीब्र गतिमा गुडाएका थिए ।

यस्तै घटना जनवरीमा पनि भएको थियो । दुई जनवरीमा भएको घटनामा २५ वर्षका एक युवकले ६२ वर्षका वृद्धलाई ठक्कर दिएको थियो । त्यतिबेला पनि बृद्धको शव कारको छतमा नै पुगेको थियो भने युवकले झन्डै २० किलोमिटर दूरीमा कार पुर्‌याएर रोकेको थियो । त्यो बेला भने दुर्घटना गराउने चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.