उत्तर कोरियाको इन्टरनेट सुविधाबारे नयाँ खुलासा
एजेन्सीः उत्तर कोरियाको इन्टरनेट सुविधाबारे नयाँ तथ्य सार्वजनिक भएको छ । धेरै कुरालाई गोप्य रााख्ने उत्तर कोरियाको इन्टरनेट सुविधाबारे नयाँ तथ्य सार्वजनिक भएको हो ।
उत्तर कोरियाको प्राविधिक गल्तीका कारण यस्तो तथ्य सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । उत्तर कोरियाकाे इन्टरनेट सुविधामा २८ वटा मात्र अनलाइन डोमेन नाम दर्ता छन् । जसमध्ये धेरै डोमेन लिंक बाहिरी देशमा खुल्दैनन् ।
अघिल्लो सातामात्र सिनेटले गिटभलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरियाको टप लेवल नेम सर्भरमा सानो प्राविधिक गल्तीका कारण विश्वव्यापी इन्टरनेट सञ्जालमा उसको डोमेन नेम सिस्टमका गोप्य सूचना सार्वजनिक भएका छन् ।’
उत्तर कोरियामा सार्वजनिक भएका डोमेन कुनै खाना अर्थात् परिकारका साइट छन् भने कुनै समाचार एजेन्सीका साइट छन् । सार्वजनिक भएको तथ्य अनुसार उत्तार कोरियामा सामाजिक सञ्जाल समेत रहेको देखिन्छ ।
पछिल्लो तथ्य अनुसार त्यहा प्लेन टिकट, स्कुल शिक्षा, प्राविधिक जानकारी, बिमा कम्पनी, ट्राभल एजेन्सी सम्बन्धी वेवसाइटसमेत रहेको देखिन्छ । सार्वजनिक भएका सबै वेभसाइट अहिले भन्ने खुल्दैनन् ।
उत्तर कोरियाले त्यहाँका नागरिकलाई इन्टरनेट सुविधा दिए पनि उनीहरुको पहुँच संसारभरको इन्टरनेटमा हुँदैन । हरेक कुरामा प्रतिबन्ध लगाएको उत्तर कोरियामा सञ्चार माध्ययममाथि पूर्ण प्रतिबन्ध छ ।