अमेरिकी विदेशमन्त्री केरी नेपाल आउन इच्छुक

अमेरिकी विदेशमन्त्री केरी नेपाल आउन इच्छुक

न्युयोर्कः अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले सो इच्छा व्यक्त गरेका हुन् ।

‘म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ’–विदेशीमन्त्री केरीले भने ।

अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए ।

नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत व्यक्त गरे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.