रसुवागढी नाका १० दिनपछि सुचारु

रसुवागढी नाका १० दिनपछि सुचारु

नुवाकोटः  अविरल बर्षापछि अवरुद्ध रसुवागढी नाका १० दिनपछि सुचारु भएको छ । पहिरोले अवरुद्ध स्याफ्रुवेशी–रसुवागढी सडक मार्ग बुधबार खुलेको हो ।

नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी तथा सडकका कामदारले विष्फोटक पदार्थ प्रयोग गरेर  सडकका ढुंगा हटाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। एकसाताको प्रयासपछि पहिरो हटेको हो ।

पहिरो पन्छाउन चार थान स्काभेटरसहित सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवान दैनिक खटिएका थिए । पहिरो हटाइएपछि बुधवारदेखि दुईतफी आवतजावत सुचारु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

एकैस्थानमा एकसय ५० मिटर लामो पहिरो खसेका कारण रसुवागढी नाका १० दिन ठप्प भएको हो । पहिरोका कारण दसैँका लागि चीनको केरुङवाट सामान बोकेर आएका कन्टेनरहरु बीचमै रोकिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.