अमेरिकी विदेशमन्त्रीको भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्रीको भ्रमण स्थगित

काठमाडौंःअमेरिकी विदेशमन्त्री जोन केरीको सम्भावित नेपाल भ्रमण स्थगित भएको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग न्युयोर्कमा भएको संक्षिप्त भेटका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफूले ‘परिस्थितिवस’ नेपाल भ्रमण स्थगित गरेको जानकारी गराएका हुन् ।

यसअघि पूर्ववर्ती सरकारका परराष्ट्रमन्त्री कमल थापासँग गत अप्रिलमा वासिङ्टनमा भएको भेटमा अमेरिकी विदेशमन्त्री केरीले सन् २०१६ भित्र नेपाल आउने बताएका थिए । यद्यपि केरीको नेपाल भ्रमणको मिति घोषणा भएको थिएन ।

महतसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकोमा परिस्थितिवस स्थगित भएको जानकारी गराएको मन्त्री महतका जनसम्पर्क सल्लाहकार एकराज पाठकले प्रेसविज्ञप्तिमा जनाएका छन् ।

महतले नेपाल भ्रमणका लागि विदेशमन्त्री केरीलाई निमन्त्रणा गरेका थिए । उनले केरीको नेपाल आगमन सबै नेपालीका लागि खुसीको कुरा हुने बताएका थिए ।

यसैबीच परराष्ट्रमन्त्री महतले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग संक्षिप्त भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा ओबामाले मंगलबार साँझ न्युयोर्कमा आयोजना गरेको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा. महतको भेट भएको हो ।

परराष्ट्रमन्त्री डा. महत संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रूपमा हाल अमेरिकामा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.