विद्युतका हाकिम वन कार्यालयको नियन्त्रणमा 

विद्युतका हाकिम वन कार्यालयको नियन्त्रणमा 

धादिङबेसीः जिल्ला वन कार्यालय धादिङले जिल्लाका राष्ट्रिय र सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनामा जोडिएको विद्युत् लाइन काट्ने निर्देशन अवज्ञा गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख सत्यनारायण गामीलाई नियन्त्रणमा लिएको छ ।

अमरावती सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी ढंगबाट निर्माण गरिएका भवनमा जडान गरिएको विद्युत् लाइन काट्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै वन कार्यालयका प्रमुख इमानाथ पौडेलको आदेशमा प्राधिकरणका प्रमुख गामीलाई तीन घन्टा नियन्त्रणमा राखिएको हो ।

वन कार्यालयले तीनपटक लिखित र अनेकौं पटक मौखिक रूपमा विद्युत् प्राधिकरणलाई गैरकानुनी ढंगबाट बनेका घर टहरामा जडान गरिएको विद्युत् लाइन काट्न अनुरोध गरेको थियो । पटकपटक दिएको निर्देशन अवज्ञा गरेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय धादिङका प्रमुख पौडेलले जानकारी दिए ।

विद्युत् प्राधिकरणका प्रमुख गामीले भने जिल्ला वन कार्यालयले लाइन नकाटेको विषयमामा ३ दिनभित्र स्पष्टीकरण माग गरेकाले त्यसको जवाफ तयार पारेर आफू वन कार्यालय गएको बेला कार्यालयमै राखिएको बताएका छन् ।

उनले भने, ‘जिल्ला वन कार्यालयका प्रमुख पौडेलले साउन ३० र भदौ ७ गते सामुदायिक वन क्षेत्रमा बनेका घर भत्काउन असहज भएको भन्दै लाइन काट्न पत्राचार गर्नुभएको थियो । लाइन काट्न नसक्नुको लिखित उत्तर माग भएअनुसार विद्युत् प्राधिकरण मध्यामाञ्चल क्षेत्रीय निर्देशकको निर्देशनअनुसार लाइन काट्न नसक्ने लिखित उत्तर बुझाउन अन्य कर्मचारीसँग गएको भए पनि अरूलाइ फिर्ता पठाएर मलाई कार्यालयमै राखियो ।'

गामीलाई तीन घन्टासम्म नियन्त्रणमा राखी बयान लिएर छोडिएको थियो । आफ्ना कार्यालय प्रमुखलाई नियन्त्रणमा लिई दुव्र्यवहार गरेको भन्दै विद्युत् प्राधिकरण धादिङका कर्मचारीले आधा घन्टा विद्युत् लाइन काटेर प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

विवाद चर्कंदै गएपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको कार्यकक्षमा दुवै कार्यलयका प्रमुखलाई बोलाएर छलफल गराइएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.