मनास्लु ट्रेकिङमा गएकालाई पहिरोले पुर्यो
गोरखाः गोरखाको मनास्लु ट्रेकिङमा गएका पर्यटकको टोलीलाई पहिरोले पुरेको छ । उइया र केरउँजा गाविसकोबीचमा गएको पहिरोमा उनीहरु पुरिएको बताइएपनि घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
खोर्लाबेसीमा बास बसेर गएको १५ जनाको टोली पहिरोमा परेको जानकारी आएपनि घटनाको पूर्ण विवरण आउनबाँकी रहेको नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टीका गुरुङले जानकारी दिए ।
पहिरो गएको खबर आए पनि प्रहरीको टोली घटनास्थलमा पुग्न सकेको छैन । केही बेरमा नेपाल प्रहरीको टोली घटनास्थलतर्फ जाने गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले बताए ।