कैदीले उत्पादन गरेका सामानले बजार पाएन

कैदीले उत्पादन गरेका सामानले बजार पाएन

दाङः चारैतिर अग्ला पर्खाल र भित्ताले घेरिएको एउटा पुरानो हाताभित्र थुप्रै कैदी छन् । वर्षाैदेखि आफ्नो कसुरअनुसार कैद सजाय भुक्तान गरिरहेका उनीहरू कारागारभित्र फुर्सदमा सीप सिकिरहेका छन् ।

तर, आफ्नो सीपअनुसार कैदीले उत्पादन गरेका सामानले बजार पाउन नसक्दा उनीहरू निराश छन् । कारागारभित्रै सीप सिकेर तुलसीपुर कारागारका कैदी रामप्रसाद बन्जाडे मुढा बनाउँछन्, ढाका टोपी बुन्छन् अनि लेस र फूलदानी बनाउँछन् तर, बजारमा बिक्दैन । कैदीलाई ती सामान बेच्नका लागि बजार जान मिल्दैन । कारागार प्रशासनले पनि बजारीकरणका लागि खासै पहल गर्न सकेको छैन ।

‘सीप सिक्यौं तर हामीले उत्पादन गरेका सामान बिक्दैनन्, हामी पनि कारागारभित्र हाम्रो सामान पनि यहीँ कैद छ’, बन्जाडेले भने ‘बजारमा लगेर कसले बेचिदिन्छ ? अरु कोही यहाँ किन्न आउँदैनन् ।’ कारागारसम्मै पुगेर उनीहरूका सामान खरिद गर्न पनि सर्वसाधारणलाई झमेला छ । कारागारको कडा सुरक्षा प्रशासन, चेकजाँच, सोधपुछलगायतका सुरक्षा झमेलाले पनि सर्वसाधारण त्यहाँसम्म पुगेर सामान खरिद गर्दैनन् ।

तुलसीपुर कारागारमा अहिले ५० जनाभन्दा बढी कैदीले हाते सीप प्रयोग गरेर सामान उत्पादन गर्दै आएका छन् 

कारागारभित्र उत्पादन भएका मुढा, टोपी, लेस, ढकीयालगायतका समग्रीले बजार पाउन सकेका छैनन् । ‘एकपटक हाम्रो सीपको प्रचार बजारमा भयो भने अझ धेरै माग आउनेछ’, बन्जाडे भन्छन् ,‘बजारको माग धान्नसक्ने क्षमता भएका साथीहरू हामीसँग धेरै हुनुहुन्छ, हामी माग थेग्न सक्छौं ।’ अहिले कैदीले उत्पादन गरेका सबै सामान कारागारमै थन्किएका छन् ।

अर्की कैदी जानकादेवी जोशीको दुखेसो पनि उस्तै छ । कैदी आफूले कारागारमा पाएको भत्ता नै लगानी गरेर उत्पादन गरेका सामान बिक्री नहुँदा निराश भएको उनको भनाइ छ । ‘केही गरौं भनेर सीप सिकियो, आफूले पाएको भत्ता पनि लगानी हुन्छ, सामान उत्पादन हुन्छ तर बजारमा बिक्दैन’, उनले भनिन्, ‘लगानी त्यत्तिकै खेर गएको छ, सामान नै बिकेको छैन ।’ उनका अनुसार सस्तोमा दिँदा पनि सामान बिक्दैनन् ।

कैदी यमराज खड्का अनुसार तुलसीपुर कारागारमा अहिले ५० जनाभन्दा बढी कैदीले हाते सीप प्रयोग गरेर सामान उत्पादन गर्दै आएका छन् । उनका अनुसार कारागारमा उत्पादन भएका सामान महँगो हुन्छ भनेर नबिकेका हुन् ।

 

तर, सामानलाई बजारसम्म पुर्‍याउने माध्यम नहुँदा पनि कैदीले उत्पादन गरेका सामानको बजारीकरण हुन नसकेको उनले बताए । अहिले कारागारमा उत्पादन गरिएका ढाका टोली, विभिन्न खाले मुढा, लेस, ढकिया कुसी लगायतका सामग्री गोदाममा थन्किएका छन् ।

‘कारागारमै बसेर भए पनि हामीले सीप सिकेका छौं, सामान उत्पादन गरेका छौं’, कारागारका नाइके जितबहादुर घर्ती भन्छन् ‘यी सामान बजारसम्म पुराउने व्यवस्था भयो भने कैदीको सीप र परि श्रमको पनि फल आउँथ्यो, हामीलाई आयआर्जन पनि हुन्छ ।’ तुलसीपुर कारागारका सूचना अधिकारी रेश्मीराज अधिकारीले उत्पादित सामग्रीको संकलन केन्द्र आवश्यक रहेको बताए ।

तुलसीपुर कारागारमा अहिले ५० जनाभन्दा बढी कैदीले हाते सीप प्रयोग गरेर सामान उत्पादन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.