सिंचाई मन्त्री गिरी अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

सिंचाई मन्त्री गिरी  अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

काठमाडौंः सिंचाई मन्त्री दिपक गिरी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ। गएराति एक्कासी रक्तचाप बढेपछि मन्त्री गिरीलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। 

मन्त्री क्वाटर पुल्चोकमा गएराति १ बजे मन्त्री गिरीको रक्तचाप उच्च भएपछि तत्काल नर्भिक अस्पतालमा लगिएको थियो। गिरीको इमरजेन्सी वार्डमा राखेर उपचार गरिराखिएको छ।

मन्त्री गिरीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आएको उनका प्रमुख स्वकिय सचिव युवराज डाँगीले जानकारी दिए। ‘रक्तचाप एक्कासी बढेपछि मन्त्रीज्यूलाई निकै गाह्रो भएपछि हामीले तत्काल नर्भिक अस्पताल ल्याएका हौं। अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले जानकारी दिएका छन्,’स्वकिय सचिव डाँगीले भने।

चिकित्सकले स्वास्थ्यमा सुधार आएको बताएपनि मन्त्री गिरीलाई भने कसैलाई भेट्न दिएका छैनन्।  स्वकिय सचिव डाँगीका अनुसार मन्त्री गिरी अझै दुई दिन अस्पतालमै रहनेछन्।

रक्त संचार प्रक्रियामा समस्या देखिएपछि मन्त्री गिरीको स्वास्थ्य अस्थिर बनेको भएपनि अहिले सुधार आइसकेको नर्भिक अस्पतालका डा. यादव भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.