विश्व बैंकको नीति नेपालअनकूल बनाउन प्रधानमन्त्रीको अाग्रह

विश्व बैंकको नीति नेपालअनकूल बनाउन प्रधानमन्त्रीको अाग्रह

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासमा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए।

प्रधानमन्त्रीले भने,‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं। नेपालको पूनर्निर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ।’

प्रचण्डले भूकम्पको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गरे।

भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत्, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.