सशस्त्र प्रहरीका एआईजीद्वय खनाल र पुनको पदस्थापन

सशस्त्र प्रहरीका एआईजीद्वय खनाल र पुनको पदस्थापन

काठमाडौंः  सरकारले सशस्त्र प्रहरी बल (एपीएफ)का दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ।

गृह मन्त्रालयअन्तर्गत सशस्त्र प्रहरी बल प्रधान कार्यविभागमा कार्यरत दुईजना अतिरिक्त महानिरीक्षकहरु शैलेन्द्र खनाल र जीतबहादुर पुनको सरुवासँगै पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभाग र पुनलाई सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी बलमा पदस्थापना गराउने निर्णय लिएको प्रवक्ता कार्कीले बताए।

यसअघि गत असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले खनाल र पुन सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.