पाकिस्तानी व्यापार मेला काठमाडौँमा
काठमाडौँः पाकिस्तानको रावलपिन्डी चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजको आयोजनामा बिहीबारदेखि काठमाडाँैमा सातौँ ‘मेड इन पाकिस्तान एक्स्पो’ शुरु भएको छ ।
वाणिज्य सचिव ङ्इन्द्र प्रसाद उपाध्याय, नेपालस्थित पाकिस्तानी राजदूत मजर जाभेद लगायतले त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा एक कार्यक्रमबीच उक्त एक्स्पो उद्घाटन गरे ।
व्यापारिक प्रदर्शनीमा पाकिस्तानमा उत्पादित फर्निचर, छालाका सामान, हस्तकलाका सामान, औषधिजन्य वस्तु, टेक्सटाइलका सामान, कृत्रिम गरगहना बिक्रिमा राखिएका छन् ।
प्रदर्शनी असोज १ गतेसम्म जारी रहनेछ । प्रदर्शनी सो अवधिकमा बिहान १० देखि बेलुकी ७ बजेसम्म संचालन हुने बताइएको छ ।