पानीले नै बगाउन थाल्यो राजमार्ग

पानीले नै बगाउन थाल्यो राजमार्ग

बिर्तामोडः असारको मध्यतिर केही दिनको वर्षाका कारण बिर्तामोड नगरपालिकाको मध्य भाग भएर बग्ने अन्दुवा खोला पसेर बिर्तामोड बजारका घर डुबानमा परे । भुईंतलामा बसोबास गर्ने सर्वसाधारणका लत्ताकपडालगायत खाद्यान्न सबै भिज्यो । धेरैको सरसामान बग्यो ।

गत मंगलबार राति परेको वर्षाका कारण बिर्तामोड बजार पूर्वपट्टि रहेको एउटा कल्भर्ट बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध भयो । राजमार्गमा बनेको कल्भर्ट बगाएपछि मुख्य राजमार्गबाट सवारी आवागमन बन्द भएको छ । पूर्वबाट पश्चिम जाने तथा पश्चिमबाट पूर्व जाने सवारी साधनलाई वैकल्पिक बाटोबाट आवागमन गराइएको छ ।

यो वर्षायममा ठूला नदीले राजमार्गमा त्यति क्षति पुर्‍याएनन् । जति क्षति भए साना खोला तथा पैनीमा बढेको पानी कारण भएका हुन् । बजार आसपासका खोला र पैनी स्थानीयले मास्न थालेपछि त्यहाँ बग्ने पानीले निकास नपाउँदा क्षति हुन पुगेको हो । अन्दुवा खोला बग्ने भाग मासेर मान्छेले ठूलाठूला घर बनाउन थालेपछि खोला जताततैबाट बग्न थालेको सर्वसाधारणको भनाइ छ ।

केही व्यक्तिले सहर भएर बग्ने खोला अतिक्रमण गरेर ठूल्ठूला घर बनाएपछि खोला सहर पसेको धेरैको भनाइ छ । बिर्तामोडको अन्दुवा खोला सहर पसेको उदाहरण दिँदै स्थानीयवासी याम बिमलीले भने, ‘मान्छेले खोला मिचेर घर बनाएका छन् । खोलाले निकास त पाउनुपर्‍यो नि । अन्दुवाको हालत पनि त्यही हो ।'

सानातिना पैनी तथा नाला व्यवस्थित गर्न स्थानीय स्वायत्त शासन ऐन २०५५ ले ढल निकासका लागि संरचना निर्माण गर्न नगरपालिकालाई निर्देशित गरेको छ । केही सहरी क्षेत्रमा यस्ता संरचना बने पनि प्रभावकारी छैनन् भन्छन् मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइराला ।

 

 उनले भने, ‘चुस्स चुस्स पैसा छरेर काम गर्नुपर्छ । कुनै भरपर्दाे योजना बनाएर काम गर्न सकिएको छैन । कसरी व्यवस्थित गर्न सकिन्छ ? '

सहरीकरणको मापदण्ड नपुगेका ठाउँलाई जबरजस्ती नगरपालिका घोषणा गरिदिएका कारण पनि भौतिक संरचना निर्माणमा समस्या आइपर्ने गरेको जानकारहरू बताउँछन् ।

सडक विभागको लापरबाही

सडक विभागको चरम लापरबाहीले झापा बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्ग भत्केर अवरुद्ध भएको छ । आधाभन्दा बढी भाग भत्केको महिनौं भइसके पनि विभागले मर्मत गरेको थिएन । मंगलबारदेखिको अविरल वर्षाले सडक अवरुद्ध हुने गरी भत्किएको हो ।

बिर्तामोड नयाँ बसपार्क प्रवेशद्वारमा रहेको कल्भर्टनजिकको दक्षिणतिरको भाग असार पहिलो साता नै भत्किएको थियो । त्यसपछि भत्किएको भागमा खतराको चिन्ह टाँसेर छाडिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीका अनुसार राजमार्गको दायाँबायाँ दुवैतिरबाट सडक भत्किएर यातायात सञ्चालन गर्न नहुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.