साइनोसाइटिस अर्थात् पिनास

साइनोसाइटिस अर्थात् पिनास

साइनसको शाब्दिक अर्थ हुन्छ प्वाल । हाम्रो शरीरमा अस्थिमय प्वालहरू हुन्छन्, जसको अन्तिम भाग नाकतिर गएर खुल्छ । यी प्वालको भित्रसम्म म्युकसको पत्थरले ढाकेको हुन्छ । यो स्लेस्मा (म्युकस) झिल्लीमा कुनै कारणले इन्फेक्सन भएर सुन्निएको अवस्थालाई साइनोसाइटिस अर्थात् पिनास भनिन्छ ।

हाम्रो टाउकोमा चार जोडी साइनस प्वालहरू हुन्छन् । प्रत्येक जोडी टाउकोको पाश्र्व भागमा हुन्छ । मानव शरीर रचना विज्ञानमा यसलाई पैरानेजल–साइनस भनिन्छ । रुघाजस्तो सामान्य लक्षण देखिए पनि पिनासलाई जटिल समस्याका रूपमा लिइन्छ ।

कारण

प्रदूषित वातावरण, गलत खानपान र अव्यवस्थित जीवनशैली, शारीरिक, मानसिक एवं भावनात्मक तनाव, अन्तस्राविग्रन्थीको असन्तुलन, आवश्यकताभन्दा बढी खानु, दूध र यसबाट बनेका परिकारको बढी सेवन गर्नु पिनास हुने मुख्य कारण हुन् । अन्य कारणमा दाँतमा संक्रमण हुनु, एलर्जी, मिजल्स (दादुरा), निमोनिया, गोताखोरी, पौडिनु, तापक्रममा एक्कासि परिवर्तन हुनु, नाकको संरचनामा दोष हुनुजस्तै नाकको भित्री विभाजन गर्ने पर्दाको हड्डी बांगो हुनु, सास फेर्न अप्ठ्यारो हुनु आदि ।

लक्षण

सुरुमा नाकबाट पानीजस्तो पातलो सिँगान बग्नु, केही दिनपछि सिँगान सेतो या पहेँलो र कहिलेकाहीँ हरियो हुनु । पानीजस्तो स्राव विषाणु (भायरल) संक्रमणको कारणले हुन्छ भने जीवाणु (ब्याक्टेरिया)को संक्रमणले सिँगानलाई पहेलो रङमा परिणत गरिदिन्छ । यसका अलावा नाकवरपर गाला र निधारको प्वाल (साइनस) मा सिँगान जम्ने हुँदा आँखा, टाउको, गाला आदि दुख्ने हुन्छ ।

कुनै वस्तुको स्वाद र गन्ध ग्रहण गर्ने शक्ति लोप हुनु, गन्ध थाहा नपाउनु, टाउको दुख्नु, रिँगटा लाग्नु, कमजोरी महसुस हुनु, छिटै रुघा लाग्नु, ज्वरो आउनु, नाकभित्र मासु पलाउनु, कहिले एउटा त कहिले अर्को नाकको प्वाल बन्द हुनु, नाकले सास फेर्न गाह्रो हुनु, मुखले सास फेर्नु, राति सुतेको बेला मुख सुक्नु आदि साइनोसाइटिसका अन्य लक्षण हुन् ।

प्रकार

पिनास दुई प्रकारका हुन्छन् । एक्युट र क्रोनिक (पुरानो) पिनास । लामो समयसम्म साइनसमा हुने सुन्नाइको अवस्था हो, क्रोनिक साइनोसाइटिस । यस्तो पिनासमा कहिलेकाहीँ नाकबाट रगत मिसिएको सिँगान आउनसक्छ तर थोरै मात्रामा । मुखको स्वाद खल्लो हुन्छ । नाकको सुँघ्ने क्षमता क्षीण हुन्छ । आँखाको अ श्रुनलीबाट स्रावको मात्रा बढ्न जान्छ । यसले गर्दा आँखाबाट बिनामतलब आँसु बगिरहन्छ । अनुहार पनि सुन्निएको जस्तो हुन्छ । मेक्सिलरी साइनस सुन्निएको हुनाले माथिको चपाउने दाँत दुख्न थाल्छन् । खाना खाने बेला बढी नै दुख्छ ।

नाक बराबर बन्द भइरहन्छ । धैरैजसो व्यक्ति क्रोनिक साइनोसाइटिसबाट नै पीडित छन् । ठीकसँग पिनासको उपचार गरिएन भने वर्षौंसम्म यसले दुःख दिइरहन्छ । हामी यसको आक्रमणप्रति सावधान रहनुपर्छ । यसलाई मामुली रुघा हो भनेर बेवास्ता गर्नु हुँदैन ।

उपचार

आधुनिक चिकित्सा विज्ञानमा यस रोगको लक्षणको मात्र उपचार गरिन्छ । यस रोगलाई जटिल मानिए पनि जीवनशैली खानपान र होमियोप्याथिक चिकित्सा विधिद्वारा सफल उपचार गर्न सकिन्छ । पिनास रोगबाट ग्रसित रोगीको मानसिक एवं शारीरिक लक्षणलाई ध्यान दिएर रोगीको व्यक्तित्व अध्ययन गरेपछि मात्र उचित औषधि छनोट गरिन्छ । यस रोगमा प्रयोग हुने केही होमियोप्याथिक औषधि लक्षणअनुसार निम्न छन्ः
फेरमफाँस-१२ एक्सः सुरुमा टाउको दुख्ने, आँखा रातो हुने, रुघा लाग्ने, नाकबाट पातलो सिँगान बग्ने लक्षणहरू देखिएमा यसको प्रयोग लाभदायक हुन्छ ।

पिनास दुई प्रकारका हुन्छन् । एक्युट र क्रोनिक (पुरानो) पिनास । लामो समयसम्म साइनसमा हुने सुन्नाइको अवस्था हो, क्रोनिक साइनोसाइटिस ।

साइलिसियास-६ एक्सः यो रुघा लागेर केही दिनपछि नाक सुक्खा हुने र पाप्रो जम्ने, माथितिर हेर्दा चक्कर लाग्ने, टाउको दुख्ने, रुमालले टाउको बाँधेमा आराम हुने, आँखाको गेडीमा दुखाइ हुने, अ श्रुनली सुन्निएका कारण आँसु बगिरहने, नाक चिलाउने, नाकको हड्डीमा दुखाइ हुने, सुँघ्ने शक्ति क्षीण हुँदै जाने लक्षणमा यो औषधि लाभदायक देखिएको छ ।

फाँसफोरस-३० शक्तिः महिला एवं युवतीमा महिनावारी हुनुपर्ने ठाँउबाट नभई नाकबाट रक्तस्राव हुनु, अत्यधिक तीव्र घ्राण शक्ति (सुँघ्ने) शक्ति हुनु, भिन्नभिन्न प्रकारको काल्पनिक गन्ध आइरहेको महसुन गर्नु, नाकभित्र मासु पलाउनु, टाउको दुख्नु, तिर्खा बढी लाग्नु तर पानी खाएको केही बेरपछि नै बान्ता हुनु आदि लक्षण भेटिएमा यसको प्रयोग गर्नु उपयोगी हुन्छ ।

कालिबाइक्रोमस-३०ः नाकको बीचको हड्डी (सेप्ट्रम)मा घाउ हुनु, नाकबाट गाढा एवं लस्सादार तान्नुपर्ने खालको स्राव आउनु, नाक गन्हाउने, पहेँलो हरियो, रङको सिँगान आउने, सुँघ्ने शक्ति कमजोर हुनु, नाकबाट सास लिन अप्ठ्यारो हुनु, नाक बन्द हुनु, नाकको जरामा दुखाइ एवं दबाब महसुस हुनु, आँखाको गेडी दुख्नु, बिहानपख र गर्मीमा बढी हैरानी हुनु आदि लक्षण परिलक्षित भएमा यो औषधि प्रयोग गर्नुपर्छ । यसबाहेक अन्य औषधि पनि लक्षणअनुसार प्रयोग गर्न सकिन्छ ।

सुझाव

एक्युट साइनोसाइटिसका रोगीलाई सामान्य उपायबाट पनि निकै आराम हुन्छ । रुघा लागेमा या ज्वरो आएमा घरमै आराम गर्ने । यसबाहेक फ्रिजको पानी, बर्फ, आइसक्रिम, दही, दूध, कोल्ड ड्रिङ्क तथा चिसो खानेकुरा खानु हुँदैन । धुवाँ विशेषगरी बिँडी, सिगरेटको र धुलोबाट बच्ने गर्नुपर्छ । धुवाँले नाक र साइनसको झिल्लीमा क्षोभ उत्पन्न गराउँछ । रुघा लागेको बेला घरिघरि नाक सफा गर्नु हुँदैन, किनभने यसले संक्रमण साइनससम्म पुग्नसक्छ । नाक सफा गर्दा जोडले सीँसीँ गर्नु हुँदैन, यसो गर्दा कानको भित्री जालीमा असर पर्छ । सन्तुलित भोजन गर्नुपर्छ । खानामा भिटामिन सी समावेश गर्नु राम्रो हुन्छ । उल्लिखित होमियोप्याथिक औषधि योग्य तथा अनुभवी चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु उचित हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.