सामाजिक सञ्जाल, पहिलो साथी

सामाजिक सञ्जाल, पहिलो साथी

स्वभावैले मानिस एक सामाजिक प्राणी हो । मार्क जुकरबर्गले यही सोचेर मानिसलाई भर्चुअल दुनियाँमा सामाजिक बनाउने प्रयासस्वरूप फेसबुक बनाए । सामाजिक सञ्जाल मानिसहरूलाई जोड्ने एउटा माध्यम हो । तर, अहिले यो माध्यमका रूपमा मात्र नभई युवापुस्ताको राम्रो साथी बनिरहेको छ ।

काठमाडौं युनिभर्सिटीमा मिडिया स्टडिज पढिरहेकी श्रेया घिमिरेका लागि सामाजिक सञ्जाल 'बेस्ट फ्रेन्ड' बनेको छ । उनी आफ्ना भावनाहरू सामाजिक सञ्जालमा पोख्ने गर्छिन् । रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल ।

सामाजिक सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि यही बनेको छ । तर, केही युवाका लागि अन्तरमनको साथी बनेको छ । श्रेया भन्छिन्, 'कसैलाई रिस पोख्ने मिडियम पनि हो, कत्ति कुराहरू डाइरेक्टली भन्न सकिँदैन, सोसियल मिडियाबाट भन्न सकिन्छ ।'

कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् या कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । कसैको प्रतिक्रिया आश गरेर केही कुरा 'पोस्ट' गर्दा कहिलेकाहीँ आफैँ डाउन हुन सकिन्छ, तर प्रतिक्रिया आश नगर्ने हो भने कम्तीमा आफ्ना भावना पोखिसकेपछि एक किसिमको राहत महसुस हुने गरेको श्रेयाको अनुभव छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम युवाहरूले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । विश्वमा हरेक महिना एक अर्बभन्दा बढीले फेसबुक प्रयोग गर्छन् ।

वीर अस्पताल एमर्जेन्सी विभागकी मेडिकल अफिसर डाक्टर एन्जेला रेग्मी फेसबुकमा अपडेट भइरहन्छिन् । उनलाई सामाजिक सञ्जालमा आफ्नो भावना पोख्न रमाइलो लाग्छ । त्यसको सकारात्मक असर हुँदा उनी आनन्द महसुस गर्छिन् । सामाजिक सञ्जालबाटै 'रिभोलुसन' ल्याउन सकिने उनको विश्वास छ ।

लमजुङको सेवा डेभलपमेन्टमा कार्यरत दीपेश भट्टराईका लागि सामाजिक सञ्जाल सूचनाको स्रोत हो । कम्प्युटर इन्जिनियर रमेश तिवारी फेसबुकमा पारिवारिक र साथीसँगका अनुभवहरू साट्ने गर्छन् भने ट्विटरमा राजनीतिक विचारहरू व्यक्त गर्छन् । आफ्नो दैनिकी, भावना, दुःखसुख 'सेयर' गर्न प्रायःले फेसबुक नै चुन्छन् । रमेश भन्छन्, 'सोसियल मिडियाले लोनलिनेस हटाउन सहयोग गरेको छ ।'

हेटौंडाका आयुष शर्मालाई परिस्थितिअनुसार सामाजिक सञ्जालले साथ दिने गरेको छ । सामाजिक सञ्जालमा 'पोस्ट' गर्ने कुराहरू उनको 'मुड'मा भर पर्छ । सानेपास्थित 'वोइस न्याट्रिक्स'मा कार्यरत सौगात भट्टराई रमाइला क्षणहरू सामाजिक सञ्जालमा 'सेयर' गर्ने गर्छन् । दुःखको कुराचाहिँ 'सेयर' गर्न अलि हिच्किचाहट हुन्छ । प्रायः सबैले दुःखभन्दा सुख बढी बाँड्ने गर्छन् । तर, आफ्ना दुःख सेयर गर्दा त्यसको समाधान पाउने माध्यम सामाजिक सञ्जाल बनेको छ । विशेषगरी फेसबुकमा साथीहरूले दिने सल्लाहले आफ्ना कामहरू बन्ने गरेको अनुभव उनको छ ।

कामकाजीका लागि बाहिरी दुनियाँ र साथीभाइसँग घुलमिल हुन समय अभाव हुन्छ । तर, 'भर्चुअल वल्र्ड'ले एकै ठाउँबाट सामाजिक बनाइदिएको छ । सामाजिक सञ्जाल नभइदिएको भए मनको कुण्ठा पोख्ने ठाउँ कहाँ हुन्थ्यो होला ? साथी वा परिवारलाई चाहेकै बेला भेट्न सम्भव नहोला तर आफ्नो मनको बह कहने व्यक्ति भेट्ने समय कुर्दासम्म त्यो कुण्ठाले कति पोल्छ होला ? तर, सामाजिक सञ्जालमा तुरुन्त सेयर गर्नासाथ तपाईंको मनले राहत महसुस गर्नेछ ।

आफ्ना कतिपय व्यक्तिगत कुरा सार्वजनिक गर्नुलाई गलत ठान्नेहरू पनि छन् । कतिका लागि भने मानसिक राहत महसुस गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । कस्तो प्रतिक्रिया आउला भन्ने नसोची आफ्नो भावना पोख्ने पहिलो साथी बनेको छ सामाजिक सञ्जाल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.