तनाव सामना गर्ने सेलिब्रेटी

तनाव सामना गर्ने सेलिब्रेटी

टाढाबाट हेर्दा सेलिब्रेटीहरूको जीवन रमाइलो लाग्छ । सुन्दर देखिन्छ । उनीहरूले कुनै पनि विषम र खराब अवस्थाको सामना गर्नुपरेको छैन होला भन्ने हामीलाई लाग्न सक्छ । सुखसुविधाको त उनीहरूलाई झन् के टन्टा ! तर हाम्रो सोचाइ र हेराइभन्दा उनीहरूको जीवन फरक छ । अनि हाम्रोजस्तै सामान्य पनि । बेलाबेलामा उनीहरूले पनि अप्ठ्यारा अवस्थाको सामना गरेका हुन्छन् । कतिपय अवस्थामा क्रेजी फ्यानहरूका कारण उनीहरू आजित भएका हुन्छन् । केही यस्तै अवस्थाको सामना गरेका सेलिब्रेटीहरू यहाँ प्रस्तुत गरिएका छन् ।

सोनाक्षीले लिनुपर्‌यो बाउन्सरको सहायता

सन् २०१० मा मुम्बईमा भएको एक इभेन्टमा भीडभाड निकै बढेको थियो । त्यही भीडमा थिइन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा । त्यो भीडमा सोनाक्षीलाई एक भीडले घेरिसकेको थियो । उनलाई केही उत्तेजक व्यक्तिले जबर्जस्ती छुने कोसिस गरे । तर सोनाक्षी बाउन्सर्सको सहयोगमा त्यहाँबाट बाहिर निस्कन सफल भएकी थिइन् ।


पागल फ्यानले हैरान सोनम

सोनम कपुर आफू अभिनीत चलचित्र 'रांझणा' को प्रमोसनका लागि हिँडेका बेला केही असहज अवस्थाको सामना गर्न पुगिन् । चलचित्र प्रमोसनका लागि उनी एउटा थिएटरमा पुगेकी थिइन्, जहाँ उनले एकजना क्रेजी फ्यानको सामना गर्नुपरेको थियो । त्यहाँबाट उम्कन उनले कोस्टार धनुषको मद्दत लिनु परेको थियो ।

दुर्गा पूजामा कटरिना हैरान

चर्चित अभिनेत्री कटरिना कैफलाई दुर्गा पूजा गर्ने क्रममा यस्तै अवस्थाको सामना गर्नुपरेको थियो । सन् २००५ मा उनी साउथ कोलकातामा दुर्गा पूजा गर्न पुगेकी थिइन् । जहाँ उनलाई उनका फ्यानहरूले दिनु दुःख दिएका थिए । फ्यानहरू उनको व्यक्तिगत सेक्युरेटीलाई हटाउँदै उनी भएको स्थानमा पुगेका थिए । त्यस क्रममा उनलाई केही मानिसले निकै हैरान बनाएका थिए ।

गौहरलाई थप्पड

कार्यक्रम प्रस्तोता गौहर खानलाई कार्यक्रम चलाइरहेकै बेला एकजनाले थप्पड हानेका थिए । सन् २०१४ मा गौहरले टीबी रियालिटी सो 'इन्डियाज रकस्टार'को अन्तिम प्रतिस्पर्धाको दिन सुटिङ गरिरहेकी थिइन् । त्यति नै बेला मोहम्मद अकिल नामका व्यक्ति दर्शकको बीचबाट स्टेजमा आएर गौहरलाई गाली गर्न थाले । जब गौहरले उनको विरोध गरिन् तब गौहरलाई नै उनले थप्पड हानेका थिए ।

अमिशालाई छुने कोसिस

बलिउड अभिनेत्री अमिशा पटेललाई एकजना युवाले जबर्जस्ती छोएका थिए । सन् २०१४ मा उनी एउटा गहना पसलको सोरुम उद्घाटनका क्रममा त्यहाँ पुगेकी थिइन् । अमिशालाई देखेर निकै भीड बढेको थियो । जब उनी भीडबाट भित्र जान लागिन् त्यही नै बेला ती युवाले छोएका थिए । उनले ती युवालाई एक थप्पड हानेकी थिइन् ।

सुस्मितालाई कारमा पस्नै नदिने फ्यान

सुस्मिता सेनले पनि खराब अवस्थाको सामना गर्नु परेको थियो । उनले पनि पुणेस्थित एक गहना पसलको उद्घाटन गर्ने क्रममा यस्तै अवस्थाबाट गुज्रनु परेको थियो । कार्यक्रमबाट फर्किएर जब उनी आफ्नो कारमा बस्न लागेकी थिइन् तब उनलाई त्यहाँ भएको भीडले कारमै पस्नबाट रोकेका थिए ।

विपाशाको स्कर्ट तान्ने फ्यान

विपाशा बसुको चलचित्र 'राज' निकै सुपरहिट बनेको थियो । तर उनको चलचित्र 'राज ३' को प्रमोसनका क्रममा उनलाई एकजना क्रेजी फ्यानले बेइज्जत गर्न खोजेका थिए । उनी त्यसबेला अहमदाबादमा थिइन् । त्यतिबेला उनको स्कर्ट तान्ने कोसिस गरिएको थियो । उनले अमेरिकाको न्युजर्सीमा पनि यस्तै अवस्थाको सामना गर्नुपरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.