टिकापुर घटनाका दोषी लक्ष्मण थारुलार्इ कैलाली कारागारमा फिर्ता ल्याइयो
कैलाली: टिकापुर घटनाका मुख्य योजनाकार रहेका लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।
गवर्ष भदौ ७ गते घटेको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थारुलाई औषधोपचारको क्रममा करिब साढे सात महिना अगाडि केन्द्रीय कारागार काठमाडौँ सारिएकोमा अहिले उनलाई कैलाली कारागारमा फिर्ता गरिएको छ ।
टिकापुर घटनाबारे जिल्ला अदालत कैलालीले मुद्दा हेरिरहेकाले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि कैलाली फिर्ता गरिएको जनाइएको छ । उनको पारिवारिक स्रोतकाअनुसार आफूहरु घटनामा संलग्न नरहे पनि जबरर्जस्ती दोषी ठह¥याएको बताए ।
आफूहरुको माग र मुद्दा सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने थारुको भनाइ छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरासहित आठजना सुरक्षाकर्मी र एक नाबलकको ज्यान गएको थियो ।