जापानको पूर्वी तटीय सहरमा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

जापानको पूर्वी तटीय सहरमा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टोक्यो: पूर्वी जापानको तटीय सहरमा शक्तिशाली भूकम्प गएको छ। सो भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ।

स्थानीय समयाअनुसार शुक्रबार विहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ। सो भूकम्पको केन्द्रविन्दु कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ।

जापानको मौसमविज्ञान विभागका अनुसार भने यो भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको छ ।

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० रिक्टर शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो। गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो।

यस भूकम्पपछि एक हजार सात सय पटक पराकम्पनहरु महसूस गरिएको जापानी सञ्चार माध्यमले बताएको थियो। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.