मेलम्ची आयोजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची आयोजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

मेलम्चीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजना समयमै सक्न निर्देशन दिएका छन् । शुक्रबार आयोजनाको निरीक्षणमा आएका दाहालले कर्मचारीलाई निर्देशन दिँदै निर्धारित समय अगावै सम्पन्न गर्न निर्देशन दिए ।

उनले मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएकाले विभिन्न बहानामा यसलाई ढिला गर्न नहुने धारणा राखेका थिए । ‘सधैँ समय थपेर आयोजना सम्पन्न गर्न ढिलाई गर्नु हुँदैन’, प्रधानमन्त्री दाहालले आयोजना निरीक्षणपछि मेलम्चीमा आयोजित अन्तरक्रियामा भने, ‘लक्ष्य राखिएभन्दा छिटै काम सम्पन्न गर्न सकेमा सकारात्मक सन्देश जान्छ ।’ मेलम्ची जस्तै  राष्ट्रिय गौरवका सबै आयोजना छिटै सम्पन्न गर्न सरकार लागिपर्ने उनको भनाइ छ ।

सांसद् शेरबहादुर तामाङले आयोजना सम्पन्न भएपछि यस क्षेत्रका प्रभावित बासिन्दाले पाउने लेबी निर्धारण हुन नसकेको प्रधानमन्त्रीलाई जानकारी गराए । उनले आयोजना सम्पन्न भएपछि कम्तिमा पाँच रुपैयाँ प्रति युनिट लेबी तोक्न प्रधानमन्त्री समक्ष माग राखेका छन् ।

दाहालले लेबीको सम्बन्धमा अध्ययन गरेर प्रकृया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले कानुनी प्रकृया बुझेर सम्भव हुन्छ भने पाँच रुपैयाँ भन्दा बढी नै लेबी दिने प्रयास गर्ने पनि उनले बताए ।

भ्रमणमा सहभागी पूर्वमन्त्री अग्नीप्रसाद सापकोटाले राजधानीबाट मेलम्ची आयोजनाको मुहान जोड्ने लामिडाँडा मेलम्ची सडकको दुराबस्थाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहालले सडकको अबस्था आफूले देखेकाले तत्काल यसको स्तरोन्नतिका लागि सडक विभाग र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने बताए ।

मेलम्ची आयोजनाका बोर्ड सदस्य चन्द्रबहादुर थापा, ह्योल्मो सिनधु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका पदाधिकारी लगायतले पानी काठमाडौँ पुर्‍याएपछि यहाँका बासिन्दाले पाउने लेबीका बारेमा तत्काल निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आयोजनाको प्रगति विवरण जानकारी गराउँदै २०७४ असोज सम्ममा आयोजना सम्पन्न गरी मेलम्चीको पानी काठमाडौँ पुग्ने जानकारी दिए ।

 आयोजनाको २६ किमी मध्ये १९ किलोमिटर सुरुङ निर्माण भइसकेको भट्टराईले बताए । चिनियाँ कम्पनीले एकतर्फी ठेक्का रद्ध गरेर फर्किएपछि सुरुङ निर्माणमा सिएमसी नामक इटालियन कम्पनीले ठेक्का पाएको छ ।

भूकम्प अघि २०१६ को डिसेम्बर भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। भूकम्पले केही संरचनामा क्षति पुगेकाले आयोजना झण्डै चार महिना ढिला सम्पन्न हुन लागेको हो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.