दुर्घटनामा प्रध्यापक भण्डारी र व्यवसायी पन्तको मृत्यु
गुल्मी : गुल्मी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थको दुर्घटनामा मृत्यु भएको छ।
बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २०० मि तल खसेको थियो।
गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरुको निधनप्रति काँग्रेसका नेता एवं सभासद् चन्द्र भण्डारी र नेकपा(एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली लगायतले शोक व्यक्त गरेका छन्।