रेडबुलले विजेतालाई दियो एक लाख
काठमाडौं: रेडबुल क्यासफुल प्रचार योजनाअन्तर्गत रोल्पाकी कल्पना श्रेष्ठले नगद एक लाख रुपैयाँ जितेकी छन् । योसँगै हालसम्म २१ जना विजेताले एक लाख र देशभरिका पाँच हजारभन्दा बढीले नगद पुरस्कार एक हजार, दुइ हजार, पाँच हजार, १० हजार २० हजार प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
श्रेष्ठले पुरस्कार पाएपछि खुसी व्यक्त गर्दै यो उपहार पाउँदा सपनाजस्तै लागिरहेको बताएकी छिन् । उनले पुरस्कार रकम बहिनीको पढाइमा खर्च गर्ने बताइन् । उपहार योजना रेडबुल क्यासफुल नेपाली उपभोक्तामाझ लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ ।
क्यासफुल योजनामा उपभोक्ताले रेडबुल क्यानको पुलअफ रिङमुनि अंकित गरिएको नगद एक हजारदेखि एक लाखसम्म जित्न सक्नेछन् । विजेताले नगद पुरस्कार दाबी गर्न पुलअफ रिङ अनिवार्य पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एक शक्तिवद्र्धक पेय पदार्य हो ।
यसले मानसिक तथा शारीरिक तनाव कम गर्ने, कार्यक्षमता बढाउने, प्रतिक्रियाको गति बढाउने र ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने हुनाले विश्वभरका युवामाझ लोकप्रिय छ ।