सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुः सोलुखुम्बुमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार ६ जना सबै सकुशल छन् ।

इन्जिन बन्द भएपछि हेलिकप्टरलाई आकस्मिक अवतरण गराईएको थियो । बिरामी लिएर चौरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नंको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।

आकस्मिक अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएको छ । नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको माउण्टेन एयरको हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ 

शनिबार यति एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पनि सबै यात्रु सकुशल थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.