सीटीसी मोबाइल एक्स्पो सुरु

सीटीसी मोबाइल एक्स्पो सुरु

काठमाडौं: सीटीसी मोबाइल बजारमा विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुविधासहितको सामसुङ ग्यालेक्सी जे२ सिक्स सीटीसी मोबाइल एक्स्पो सुरु भएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफू सञ्चारमन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटको विशेष कार्ययोजनाअनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको दाबीसमेत गरे । सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले मलमा रहेका व्यवसायीको हितमा मलले सबै खाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । त्यस्तै सामसुङ नेपालका प्रणयरत्न स्थापितले नेपालकै ठूलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मद्दत पुग्ने अपेक्षासहित मुख्य प्रायोजक बनेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.