नामी कलेजद्वारा संगठित कार्यक्रम
काठमाडौं: नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट लिमिटेड (नामी) ले राष्ट्रिय संरक्षण दिवसका अवसरमा संरक्षण अभ्यास र जागरुकता फैलाउने उद्देश्यले संगठित कार्यक्रम आयोजना गरेको छ । नामीले संरक्षणको महत्त्व र यसका बारेमा जागरुकता जगाउने र चेतना फैलाउने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरेको हो ।
नेपाल संरक्षण गतिविधिमा डब्लूडब्लूएफ, एनटीएनसी, आईयूसीएनजस्ता जस्ता संस्थाका विज्ञको सक्रिय सहभागितामा नेपालमा सम्पूर्ण संसार एउटा बहुमूल्य स्रोतको अनुपम हो भनेर विभिन्न प्राकृतिक संस्था संरक्षणतिर अग्रसर भइरहेका छन् । वर्षौंदेखि मानव गतिविधिका कारण तीव्र गतिमा प्राकृतिक स्रोत साधन नष्ट र प्रदूषित हुँदै गइरहेका छन् ।
यस्तो अवस्थामा कार्यक्रम आयोजना गरेको कलेजले जनाएको छ । गोष्ठीको मुख्य उद्देश्य नेपालमा प्रकृति संरक्षण सन्दर्भमा अहिलेका युवा पुस्तालाई उत्प्रेरित गरी संरक्षणका सन्दर्भमा जागरुक एवं संरक्षणको अभ्यास गर्दै लैजानर रहेको कलेजले जनाएको छ ।