मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, चार घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, चार घाइते

उर्लाबारी: मोरङमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

विराटनगरतर्फ जाँदै गरेको को २२ प १८९३ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराति कदमाह–२ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी भारतीय मोटरसाइकका चालक कदमाह–६ का २८ वर्षीय धीरेन्द्र कामतको मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए।

मोटरसाइकलमा सवार कदमाह–६ कै ३० वर्षीय भाग्लु मण्डल, दादरबैरिया–३ की १५ वर्षीया अञ्जना कामत, स्कुटर चालक सोराभाग–८ का ५० वर्षीय रामदेव मण्डल र उनका छोरा १७ वर्षीय आचकर मण्डल घाइते भएको प्रहरीले जनाएको छ। उनीहरु सबैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.