पाैडेल पक्षको छुट्टै भेला, देउवाले एकलौटी गरेको आरोप

पाैडेल पक्षको  छुट्टै भेला,  देउवाले एकलौटी गरेको आरोप

काठमाडौं: बरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले कांग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। अनामनगरस्थित पाैडेलको सम्पर्क कार्यालयमा अाइतबार बसेको पाैडेल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले यथाशीघ्र पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको हो।

संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी दिए। बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ।

बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिएका थिए।

बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता बलबहादुर केसीले जानकारी दिए।

त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताएका थिए। सरकार सञ्चालनमा नेकपा (माओवादी केन्द्र)ले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न गरेका थिए।

बैठकमा नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसद उपस्थित थिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.