करिब दुई किलो चरेससहित इरानी नागरिक पक्राउ

करिब दुई किलो चरेससहित इरानी नागरिक पक्राउ


काठमाडौँः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नियमित चेकजाँचका क्रममा आइतबार करिब दुई किलो चरेससहित एक इरानी नागरिक प्रकाउ परेका छन् ।

राहदानी नम्बर बि ३६१९८८७५ रहेका ३४ बर्षीय भाहिद निक्जामिरलाई शनिबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको हो ।

काठमाडौँबाट मुम्बई हुँदै श्रीलंका जान लागेका भाहिदको सुटकेस चेकजाँचका क्रममा प्रहरीले चरेस बरामद गरेको हो।

पहिलो पटक २०१३ मा नेपाल आएका भाहिद पछिल्लो पटक ०६३ श्रावण ६ गते नेपाल आएका थिए । उनी १५ वर्षदेखि चरेसको अम्मली रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेपालमा चरेस हुन्छ भन्ने थाहा पाएर आएका उनले पोखरा बसाईको क्रममा बाग्लुङ पुगेर गाँजा संकलन गरेर आफैँ चरेस बनाएको बताएका छन् । प्रहरीसँग उनले श्रीलंका बसाईमा सेवन गर्न चरेस लान लागेको स्वीकार गरेका छन् ।

प्रहरीले भाहिदलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

उनको साथबाट चरेस बाहेक चार सय पाँच ग्रँम यार्सागुम्बा समेत बरामद भएको छ । यस सम्बन्धमा भने प्रहरीले जिल्ला वन कार्यालय काठमाडौँसँग आवश्यक समन्वय भइरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.