बग्दादमा आत्मघाती आक्रमण, चारको मृत्यु

बग्दादमा आत्मघाती आक्रमण, चारको मृत्यु

बग्दाद: इराकको राजधानी बग्दादको पश्चिमी भागमा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ।

सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको आत्मघाती आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। राजधानीको उत्तर सहरमा बम आक्रमण भएको एक दिन पछाडि पुनःसो आक्रमण भएको छ।

एक विद्यालय भवन नजिकै बन्दोबस्त गरिएको त्रिपालमा विस्फोटक पदार्थ बोकेका आत्मघाती आक्रमणकारीले सो विस्फोटन गराएको छ। आगामी हप्ता हुन गइरहेको प्रमुख धार्मिककार्यका लागि सो त्रिपालको बन्दोबस्त गरिएको थियो।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको अनुमान गरिएको छ।

इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ।

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःआइतबार आत्मघाती आक्रमण भएको छ । सो सहरमा भएको आक्रमणको आइएस लडाकू समूहले जिम्मा लिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.