पूर्वगृहमन्त्री चढेको गाडी त्रिशुलीमा खस्यो, तीन जनाकाे शव भेटियाे

पूर्वगृहमन्त्री चढेको गाडी त्रिशुलीमा खस्यो, तीन जनाकाे शव भेटियाे

धादिङ :पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खसेको छ।मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्वरको स्कार्पियो जीप आइतबार  पाैने पाँच बजे चितवनको दाह्रेचोक गाविसको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो। 

स्थानीय प्रहरीका अनुसार गाडीमा घिमिरेसहित सातजना थिए। तीनजनाको शव भेटिएको र अन्य तीन नदीमा बेपत्ता रहेको जानकारी चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दिएका छन्। गम्भीर घाइते भएका चालकलाई चितवन अस्पतालमा लगिएको छ।

 घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् । गाडी पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको जानकारी प्रहरीले दिएको छ। सेना र सशस्त्र प्रहरी बलको आपत्तिकालिन उद्धार टोली घटनास्थलमा परिचालित छ । 

गतल सूचना पर्न गएकोमा सच्याइएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.