सवारी तथा यातायात व्यवस्था विधेयक सर्वसम्मतिले पारित

सवारी तथा यातायात व्यवस्था  विधेयक सर्वसम्मतिले पारित

काठमाडौं: व्यवस्थापिका–संसद्को बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित गरेको छ।

विधेयकमाथिको दफावार छलफलपछि सदनले सर्वसम्मतिले विधेयक पारित गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उक्त विधेयक सदनमा प्रस्तुत गरेका थिए।

सन्धि/सम्झौता अनुमोदन

आजैको बैठकले ‘अन्तर्राष्ट्रिय कफी सङ्गठन २००७ को पक्ष राष्ट्र बन्नेसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि’, ‘क्षेत्रीय गुणस्तरलाई लागू गर्ने सार्कस्तरीय सम्झौता’ र ‘समरुपता परीक्षणको मान्यताका लागि बहुपक्षीय व्यवस्थासम्बन्धी सार्कस्तरीय सम्झौता’ लाई बहुमतले अनुमोदन गरेको छ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले ती तीनवटै सम्झौतामा छलफल गरी अनुमोदनसमेत गर्न सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसअघि राष्ट्रपतिले विभिन्न समयमा प्रमाणीकरण गर्नुभएका विधेयकबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुख ओनसरी घर्तीले वाचन गरेर संसद्लाई जानकारी गराएका थिए।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज ११ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.