इजरायली प्रधानमन्त्रीले क्लिटन र ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

इजरायली प्रधानमन्त्रीले क्लिटन र ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

ह्वाइट प्लेन्स: अमेरिकाको राष्ट्रपति पदको लागि चुनावी दौरानमा रहेका हिलारी क्लिटन र डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई छु्ट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। सोमबार राति हुन गइरेहको पहिलो राष्ट्रपतिय वादविवादभन्दा आगाडि आइतबार नै सो भेटवार्ता हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री नेतान्याहुले आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपतिको उम्मेदवारका चयन हुनुभएका प्रमुख पार्टीका उम्मेदवारलाई भेटवार्ता गर्न लागेको बताइएको छ। भविष्यमा इजरायल र ह्वाईट हास उप्रशासनसँगको सम्बन्धको विषयमा उहाँले क्लिटन र ट्रम्पसँग भेटवार्ता गरी छलफल गर्न लागेको अनुमान गरिएको छ। रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.