पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइ त्रिशुलीमा बेपत्ता

पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइ त्रिशुलीमा बेपत्ता

काठमाडौँः त्रिशुलीमा गाडी दुर्घटना हुँदा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका छन् ।

पूर्वमन्त्री एवम् पूर्वमुख्य सचिव समेत रहेका घिमिरेसहित उनका भाइ मोहन र प्रकाश घिमिरे बेपत्ता भएको चितवका प्रमुख जिल्ला अधिकारी विनोदप्रका सिंहले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

घिमिरेको परिवार चढेको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । गाडीका चालक घाइते विष्णु राईको भने भरतपुरमा उपचार भइराखेको छ ।

घिमिरे परिवारसहित मुक्तिनाथको दर्शन गरेर राजधानी फर्कदै थिए । घिमिरे चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस ३ को घोप्टेभिरबाट त्रिशुलीमा खसेको हाे । 

बेपत्ताको खोजी काय भइराखेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी गणेशबहादुर थापाले जानकारी दिए ।

मुक्तिनाथको दर्शन गरी दमौलीमा खाना खाएर काठमाडौं हिडेका पूर्व गृहमन्त्री घिमिरेले चलाएको गाडी घोप्टेभिरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा ज्यान जोगाउन सफल सवारी चालक विष्णु राईले मुग्लिन पुगेर प्रहरीलाई जानकारी गराएपछि मात्र घटनाबारे प्रहरीले थाहा पाएको मुग्लिनस्थित पत्रकार विनोद श्रेष्ठले जानकारी दिए ।

त्यसलगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा खटिएको थियो । खिलराज रेग्मी अध्यक्ष भएको अन्तरिम चुनावी सरकारको गृहमन्त्री रहेका घिमिरेको जन्म २०१७ सालमा पाल्पामा भएको थियो । प्रहरीले आइतबार रात परेकाले बेपत्ता घिमिरे तीन भाइको खोजी कार्य सोमबार मात्र हुने बताएको छ ।

Car-accident


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.